मुख्यमन्त्री मैदान उत्रिए पनि मैत्रीपूर्ण फुटबल खेल बराबरीमा टुङ्गियो

पोखरा, २४ चैत /प्रदेश नं ४ सरकार सम्मिलित स्थानिय सरकार र पूर्व राष्ट्रिय खेलाडी सम्मिलित भूतपूर्व खेलाडी मंच बिचको मैत्रीपूर्ण फुटबल खेल बराबरीमा टुङ्गिएको छ । अन्तर्राष्ट्रिय खेलकुद दिवश मनाउन पोखरा रंगशालामा उत्साहका साथ आएका प्रदेश ४ का मुख्य मन्त्रि पृथ्वी सुब्बा गुरुङ कप्तानी गर्दै मैदान छिरेका थिए ।

रेफ्रीले खेल सुरु भएको संकेत गरे । खेल प्रतिष्पर्धात्मक नै थियो । तर खेल सुरु भएको १५ मिनेट बित्न नपाउँदै मेघ गर्जन सहित आएको वर्षाले खेलमा बाधा पु¥याएयो । प्रदेश सांसदहरु र पोखरा लेखनाथ महानगर पालिकाका मेयर मान बहादुर जिशी, वडा अध्यक्षहरुको टोली मुख्य मन्त्रि संगै मैदान छिरेका थिए । यता पूर्व खेलाडीहरु पनि प्रदेश सरकारका जनप्रतिनिधीहरु संग फुटबल खेल्न पाउँदा मख्ख थिए ।

तर टिकि नसक्नुको वर्षा सुरु भयो । रंगशलामा ओत लाग्ने ठाँउ कतै भएन । शुरक्षाका लागि खटिएका शुरक्षाकर्मी समेत पानीले निर्थुक्क भए । शंयुक्त राष्ट्र संघले हरेक वर्ष शान्ति र समृद्धीका लागि अप्रिल ६ लाई अन्तर्राष्ट्रिय खेलकुद दिवशका रुपमा मनाउँदै आएको छ । यो कार्यक्रम साता व्यापी रुपमा मनाउने गरिन्छ ।

कार्यक्रमको संयोजन गरिरहेको भूतपूर्व खेलाडी मंचका अध्यक्ष तेज गुरुङले सन २०१४ बाट नै यो कार्यक्रम पोखरामा मनाउन थालिएको बताए । यो कार्यक्रमले पोखरामा खेलकुदको पूर्वाधार बिकास गर्न र सन २०१९ मा नेपालमा आयोजना हुने १३ औं दक्षिण एशियाली खेलकुदका लागि जनप्रतिनिधीहरुलाई चासो बढाउन समेत यो कार्यक्रम महत्वपूर्ण रहेको दावी गरे ।

कमेन्टहरु
Loading...