बर्डफ्लु नरोकिँदै कुखुरा खुला !

बर्डफ्लु नियन्त्रण नहुँदै व्यवसायीको दवावमा सरकारले कुखुरा ओसारपसार गर्न दिने भएको छ । रोग नियन्त्रण नहुँदै ओसारपसार खुला गरिएकामा उपभोक्ता र राष्ट्रिय मानव अधिकारी आयोगले समेत आपत्ति जनाएको छ । कुखुरा व्यवसायी र सरकारी निकायवीच बुधवार भएको बैठकमा व्यवसायीले चर्को दबाब दिएपछि विहीवार अपरान्ह ४ बजेदेखि कुखुरा ओसारपसार खुला गर्ने निर्णय भएकेा आजको कान्तिपुर लगायतका पत्रपत्रिकामा खबर छ ।

एक साताअघि निर्णय फुकुवा गर्न कुखुरा व्यवसायी, राजनीतिक दलका नेता र मन्त्रीहरुसमेत लागि परेका थिए । पशु स्वास्थ्य निर्देशनालयका प्रवक्ता डा.नारायण घिमिरेले भने ,’एक सातअघि लगाएको प्रतिबन्ध विहीवारदेखि फुकवा हुँदैछ । अब स्वस्थ कुखुरा बजारमा लैजान पाइन्छ ।’ परीक्षण गरी स्वस्थ पाइएका कुखुरा मात्र बजारमा लैजान पाइनेनिर्णय भएको उनले वताए ।
तीनसाताअघि मुलुकका विभिन्न ठाउँमा बर्डफ्लु देखिएपछि सरकारले गत विहीवारदेखि ओसारपसार गर्नप्रतिबनध लगाएको थियो । आयोगले पछिल्लो निर्णयप्रति ध्यानाकर्षण भएको जनाउँदै प्रयोगशालाबाट बर्डफ्लु निमूल भएको पुष्टि नगरी ओसारपसारमा खुला गर्न नहुने जनाएकेा छ ।
आयोगले उपभोक्ता मानवअधिकार अनुगमन निर्देशिका उल्लघंन गरी निर्णय गरे हस्तक्षेप गर्न सक्छ । आयोगका प्रवक्ता गौरी प्रधानले भने,’बर्डफ्लु, जनस्वास्थ्य असर गर्ने संबेदनशिल कुरा हो । सरकारले निर्णय परिवर्तन गर्दा प्रयोगशालाको अनुसन्धानवाट पुष्टि हुने आधार चाहिन्छ । दबाबका आधारमा निर्णय गर्ने हो भने मानव स्वास्थ्यमा असर गर्न सक्छ ।’ व्यवसायीले रातारात रोगी कुखुरा विक्रि गर्ने थालेपछि सरकारले गत विहिबारदेखि ओसारपसारमा रोक लगाएको थियो ।

– See more at: http://setopati.com/chapa-bata/2995/#sthash.nRA88HYR.dpuf

कमेन्टहरु
Loading...