पुरुन्चौरमा युआरएलको शिविर

पोखरा, २१ चैत/जनसेवा बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा पोखरा लेखनाथ १९, पुरुन्चौरमा शनिबार निःशुल्क शिविर हुँदै छ । पोखरा, सभागृहचोकमा रहेको युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (युआरएल)को प्राविधिक सहयोगमा हुने शिविरमा मधुमेह तथा रगतमा हुने खराब बोसोसम्बन्धी निःशुल्क रगत जाँच गरिनेछ ।

जनसेवा सहकारीले आफ्नो रजत वर्षमा कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा मुटुरोग विशेषज्ञ डा। रामचन्द्र काफ्लेले मुटुरोगबारे प्रकाश पार्ने छन् । सर्वसाधारणसम्म गुणस्तरीय स्वास्थ्य सेवा पु¥याउन र जनचेतना अभिवृद्धिका लागि कार्यक्रम गरिएको युआरएलका प्रबन्ध निर्देशक पन्तले बताए ।

अन्य सबै प्रकारका रक्त परीक्षणमा समेत ५० प्रतिशत छुटको व्यवस्था रहेकाले शिविरमा सहभागी हुन आयोजकले सर्वसाधारणलाई अनुरोध गरेको छ ।

कमेन्टहरु
Loading...