अनेरास्ववियु संगठन विस्तार अभियानमा

पोखरा, २३ साउन/अनेरास्ववियु कास्कीको विद्यालय जागरण अभियान अन्र्तगत कास्की क्षेत्र नं २ स्थित बाटुलेचौरको विन्धवासीनी उच्च मावी र लामाचौरको इन्द्रराज्य लक्ष्मी मावीमा अनेरास्ववियुले आफ्नो संगठन विस्तार गरेको छ ।
विन्धवासिनी उच्चमावी तर्फ आशिष शर्माको अध्यक्षतामा ७१ सदस्सिय कमिटी निर्माण भएको छ । जसको उपाध्यक्षमा सम्झना क्षेत्री , खेमराज तिमिल्सिना, सचिवमा अशोक थापा सह–सचिवमा शोभा पौडेल, शिव पुन र कोषाध्यक्षमा सन्तोष अधिकारी रहेका छन् भने मावी तर्फ सुजन तामाङको अध्यक्षतामा १०१ सदस्सिय कमिटी निर्माण भएको छ । जसको उपाध्यक्षमा मनिषा थापामगर, सचिवमा प्रजिता कुँवर, सह–सचिवमा विश्व क्षेत्री र कोषाध्यक्षमा एलिसा नेपाली रहेका छन् ।
अभियन अन्र्तगतनै इन्द्रराज्य लक्ष्मी माविमा जमुना थापाको अध्यक्षतामा ७८ सदस्सिय कमिटी निर्माण भएको छ । जसको उपाध्यक्ष्मा सन्तोस परियार सचिवमा विशाल थापा , सह–सचिवमा समिन नेपाली र कोषाध्यक्षमा दिक्षा श्रेष्ठ रहेका छन् । उक्त कार्यक्रममा अनेरास्ववियु कास्कीका उपाध्यक्ष शेखर गौतम , सचिव भरतमान गुरुङ, सह–सचिव विवेकराज देवकोटा, सचिवालय सदस्य रमेशराज भण्डारी, क्षेत्रीय अध्यक्ष अमृत ढकाल, र पृथ्वीनारायण क्याम्पस कमिटी अध्यक्ष आशिर्वाद सुवेदीले बोलेका थिए ।
कार्यक्रममा बोल्ने वक्ताहरुले विद्यार्थी समुदायको हक, हित, अधिकार र प्रतिष्ठा प्राप्तिको निम्ति निरन्तर लडिरहने संगठन अनेरास्ववियु भएकोले अनेरास्ववियुमा संगठित हुन आग्रह गरेको कुरा अनेरास्ववियु २, कास्कीका अध्यक्ष अमृत ढकालले जानकारी दिए ।

कमेन्टहरु
Loading...