सुखी र समृद्ध जिवनका लागि परिवार नियोजन आवश्यक

पोखरा, २० पोखरा /परिवार नियोजनका सम्बन्धमा व्यापक सचेतना आवश्यक रहेको सरोकारवालाहरुले बताएका छन् । राष्ट्रिय स्वास्थ्य शिक्षा सुचना तथा संचार केन्द्रद्धारा पोखरामा आयोजित “परिवार नियोजन, मातृ तथा शिशु स्वास्थ्य” विषयक अन्तरक्रिया कार्यक्रमका सहभागीहरुले यस्तो बताएका हुन् ।

कार्यक्रममा बोल्दै राष्ट्रिय स्वास्थ्य शिक्षा सुचना तथा संचार केन्द्रका स्वास्थ्य शिक्षा प्रशासक कुन्ज जोशीले परिवार नियोजनलाई परिवार कल्याणका खातिर उपयोग गर्नु फलदायी हुने बताए । परिवार नियोजनलाई बन्ध्याकरणका रुपमा नभई आपसी समझदारीको विषयका रुपमा बुझ्नु आवाश्यक रहेको उनको तर्क छ ।

पछिल्लो समय नेपालमा परिवार नियोजन सेवा लिने बढेका तथ्यांकहरुले देखाएका छन् । चालु आर्थीक वर्षमा ६५ प्रतिशत लक्ष्य निर्धारण गरिएकामा ५३ प्रतिशतले यसको सेवा लिईसकेका जोशिले जनाए । परिवार नियोजन सेवालाई थप विश्वासिलो बनाउनका लागी सुचना प्रवाहलाई तेज बनाउनु पर्ने उनले बताए ।

करिब २४ प्रतिशत विवाहित महिलाहरुमा परिवार नियोजनका साधनहरु अपरिपुर्ति (अप्रर्याप्त) रहेको जनाईएको छ । गुणस्तरीय जिवनयापनका लागी परिवार नियोजन महत्वपुर्ण हुने जोशिले बताए । सन २०३० सम्म बच्चा जन्माउने दर प्रतिमहिला २ र परिवार नियोजन सेवालाई ७५ प्रतिशत पुर्याउने लक्ष्य राखिएको छ ।

यौनशिक्षा अभावका कारण समाजमा विभिन्न प्रकारका अनुचित र अस्वाभाविक घट्नाहरु घटिरहेका प्रति उनिहरुको गहिरो चिन्ता छ । व्यवस्थित परिवार र गुणस्तरीय जिवनका लागी परिवार नियोजन सेवा अत्यावस्यक रहेको अधिकारीहरुको भनाई छ । यसले मातृशिशु मृत्युदर समेत घटाउन महत्वपुर्ण योगदान गर्ने विश्वास गरिएको छ । कार्यक्रममा विभिन्न विषयविज्ञहरुले प्रस्तुती समेत गरेका थिए ।

कमेन्टहरु
Loading...