कास्की प्रहरीले चोरीमा संलग्नलाई पक्राउ

पोखरा, २३ साउन/जिल्ला प्रहरी कार्यालय कास्कीले संचालन गरेको “चोरी नियन्त्रण विशेष योजना – २०७०” सन्चालन गरे पछि चारीमा संलग्नलाई प्रक्राउ गरेको छ । प्रहरीले कास्कीको लुम्ले तान्चोकमा रहेको नेपाल टेलिकमको रिपिटर टावरबाट भोल्टेज रेगुलेटर, जेनेटर स्टार्ट गर्ने सेल्फ स्टार्ट १, तामाको ग्राउन्डीङ्ग रड २ थान, व्याट्री चार्जर, ग्राउन्डीङ्ग अर्थिङ्ग वायर, व्याट्री कनेक्सन वायर, टाईरोप जस्ता सामानहरु चोरी संलग्नलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा कंचनपुर जिल्ला वाणी गा.वि.स. २ बस्ने वर्ष १८ का जगदिश भण्डारी, २२ वर्षिय सुरेन्द्र चन्दलाई चोरी गरेको सामान सहित पोखरा १७ डेमसाईटबाट पक्राउ गरेको छ । त्यसै गरि लेखनाथ नगर पालिका १ मा मोवाईल चोरी गर्ने तनहुँ जिल्ला खैरेनीटार गा.वि.स. ३ का २० वर्षिय प्रेम परियारलाई शिसुवाबाट पक्राउ गरेको छ । प्रहरीले पोखरा १ बगरबाट पोखरा १६ बाटुलेचौरका २४ वर्षिय शिव पौडेललाई चोरीको मोवाईल थान १ सहित पक्राउ गरि अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ ।
 

कमेन्टहरु
Loading...