पोखरा, १७ चैत /कास्कीको पर्यटकीय गाउँ ताङतिङमा चैत्रको तेश्रो साता ुताङतिङ चैत्र मेलाु हुने भएको छ । पर्यटन प्रबर्द्धन ,स्थानीय कला संस्कृतिको संरक्षण, खेलकुदको बिकास साथै गाउँ वरपर पाइने जैविक विविधताको संरक्षण गर्ने उद्देश्यले मेला आयोजना गर्न लागेको हो ।
“राष्ट्र निर्माण हाम्रो अभियान, ताङतिङ गाउँ प्रकृति र मौलिकता संग रमाऔ” भन्ने मुल नाराका साथ चैत्रको २१ देखि २४ गते ताङतिङ युवा क्लवको आयोजनामा ताङतिङमा हुन लागेको हो । पोखरा देखि २७ किलो मिटर उतर पुर्बमा समुन्द्र सतह देखि १६५० मिटर उचाईमा रहेको ताङतिङमा पर्यटन प्रबर्द्धन, स्थानीय कला संस्कृतिको विकास गर्न हरेक बर्ष मेला आयोजना हुने कुरा ताङतिङ युवा क्ल्वका अध्यक्ष भोज बहादुर गुरुङले जानकारी दिए ।
मादी गाउँ पालिका वडा नम्बर २ मा पर्ने ताङतिङमा ४ दिन सम्म सञ्चालन हुने मेलाले ताङतिङ गाउँमा तयार पारिएका राडी, पाखि, भाङग्रा, डोको नाम्लो, डालो, मान्द्रो, भकारी जस्ता सामग्री संगै जैविक विविधताले भरिपुर्ण ताङतिङ गाँउ आसपासमा पाइने बहुउपयोगी र बहुमुल्य जडीबुटिहरु यार्सागुम्बा, पांच औले, सतुवा, निर्मसी, चिराइतो आदिको प्रवद्र्धन र संरक्षणमा टेवा पुग्ने विश्वास लिइएको कुरा गुरुङले जानकारी दिए ।
मेला अवलोकनमा आउने आन्तरिक तथा बाह्य पर्यटकहरुले गाउको संस्कृति संगै गाउमा पाइने विभिन्न अर्गानिक परिकार संगै अन्नपूर्ण र लम्जुङ हिमालको मनोरम दृश्यको अवलोकन गर्न सक्ने वताउदै गुरुङले गाउमा आउने पर्यटकलाइ लक्षित गरी १४ वटा होम स्टे र ५ वटा होटलहरु सञ्चालनमा रहेको वताए ।
२९ संस्करणको मेलामा संस्कृतिको संरक्षण र प्रवद्र्धन संगै विविध खेलकुदका कार्यक्रमहरुको समेत राखिएको आयोजकले जनाएको छ । मेलामा पुरुष भलिवल प्रतियोगिता, महिला भलिवल प्रतियोगिता, बास्केटबल, छेलो, डोरी तान्ने, सामुहिक लोकनृत्य लगायतका कार्यक्रम हुनेछन् ।
विविध खेलकुद कार्यक्रम अन्तर्गत पुरुष भलिवलमा प्रथम पुरस्कार ५० हजार, द्धितिय पुरस्कार ३० हजार, महिला तर्फ प्रथम र द्धितियलाई क्रमश ३० हजार र २० हजार, पुरुष बास्केटबलमा प्रथमलाई ५० हजार र द्धितियलाई ३० हजार, छेलोमा प्रथम हुनेलाई १० हजार र द्धितियलाई ५ हजार, डोरी तान्ने तर्फ प्रथमलाई १० हजार र द्धितियलाई ५ हजार र सांस्कृतिक कार्यक्रम तर्फ सामुहिक लोक नृत्यमा प्रथम हुनेलाई ४० हजार, द्धितियलाई ३० हजार, तृतियलाई ३० हजार, उत्कृष्ट भेषभुषा ५ हजार र उत्कृष्ट नृत्य निर्देशकलाई ५ हजार, आकर्षक मेडल, प्रमाणपत्र र शिल्ड पुरस्कार प्रदान गरिने आयेजकले जनाएको छ ।
मेला सम्पन्न गर्नको लागि ८ लाख खर्च लाग्ने जनाइएको छ भने आम्दानी भएको रकम युवाहरुको खेलकुद बिकास,क्षमता बिकास , होम स्टे बिकास र स्थानिय कला संस्कृति र जैविक विविधताको संरक्षणमा खर्च रहको छ ।