लायन क्लब अफ हेमजाको पदस्थापन

पोखरा, २३ साउन/लायन क्लब अफ हेमजाले नव निर्वाचित समितिका पदाधिकारीहरुलाई पदस्थापन गरेको छ । पदस्थापन डिस्ट्रिक गर्भनर एम.जे.पी युद्धप्रसाद श्रेष्ठ र प्रथम भाइस गर्भनर एम.जे.एफ भुगाई शेरचनले सपथ गह्रण गराएर लायन अन्तराष्ट्रियको नियम अनुसार समितिका पदाधिकारीहरुलाई तथा नयाँ प्रवेशि ३ जनालाई पदस्थापन गराए ।
कार्यक्रममा एम.सीसी, एम.जे.एफ दिपक श्रेष्ठले क्लबले सञ्चालन गर्न लागेको एम्बुलेन्स सेवालाई निरन्तरता दिनुपर्ने बताए । उनले लायन क्लब अफ हेमजाले अन्य सामाजिक संघसंस्थासँग समन्वय गरि कार्य गर्न सके स्थानिय जनतामा प्रत्यक्ष प्रभाव पर्ने सुझाव दिए । श्रेष्ठले आगामी दिनमा कुनै पनि कार्यक्रम ल्याउदाँ हेमजालाई लक्षित गरि ल्याउनुपर्नेमा जोड दिए ।
कार्यक्रममा पदस्थापन अधिकृत डिस्ट्रिक गर्भनर एम.जे.एफ युद्धप्रसाद श्रेष्ठ, पास मल्टिपल काउन्सिल चियर पर्सन लायन पे्रमबहादुर श्रेष्ठ, डिस्ट्रिक गर्भनर पि.एम.जे एफ योगेन्द प्रधान, भाइस डिस्ट्रिक गर्भनरद्धय एम.जे.एफ लायन भुगोल शेरचन, पी.एम.जे.एफ लायन धुव्रबहादुर थापा, जाने चियर पर्सन उर्मिला श्रेष्ठ, रिजनल चियर पर्सन राजु अधिकारी, प्रथम उपाध्यक्ष लायन मोतिराज तिमिल्सिना, क्लबका संस्थापक अध्यक्ष लायन तीर्थबहादुर थापा, लायन वर्ष २०१२÷१३ का सचिव धर्मराज भण्डारी, लायन वर्ष २०१३÷१४ का सचिव नवराज त्रिपाठी लगायतले लायन्सका बारेमा चर्चा गरेका थिए ।
त्यस्तै लायन वर्ष २०१२÷१३ का अध्यक्ष लायन राजेन्द्र बहादुर सापकोटाले संस्थाको भावि योजना र कार्यक्रमको बारेमा जानकारी गराए । सोही अवसरमा गत वर्ष राम्रो कार्य गर्ने सदस्यहरुलाई अवर्ड वितरण गरिएको थियो । कार्यक्रममा लायन क्लब अफ हेमजाले सञ्चालन गर्न लागेको एम्बुलेन्स सेवा सहयोगार्थ अक्षयकोष समेत खडा गरिएको छ ।
अक्षयकोष वृद्धिका लागि पुर्व डिस्ट्रिक गर्भनर पी.एम.जे.एफ लायन योगेन्द्र प्रधानले २५ हजार, जोन चियर पर्सन उर्मिला श्रेष्ठ, रिजनल चियर पर्सन लायन राजु अधिकारी, फुलबारी निवासी चन्द्रबहादुर कार्की, सिदार्थ क्लबका अधयक्ष दिपेन्द्र मर्सानी लगायत अन्य व्यक्तिहरुले आर्थिक सहयोग गरेका थिए । कार्यक्रम लायन वर्ष २०१२÷१३ का अध्यक्ष लायन राजेन्द्र बहादुर सापकोटाको अध्यक्षतामा सम्पन्न भएको थियो ।

कमेन्टहरु
Loading...