पोखरा, १३ चैत्र /पोखरा लेखनाथ महानगरपालिका वडा नं. ६ को आयोजनमा उत्पीडित (दलित) महिलाकोलागि तीन दिने उद्घोषण तथा नेतृत्व विकास तालिम शुरु भएको छ ।
तलिमको उत्घाटन गर्दै पोखरा लेखनाथ महानगरपालिकाका उपप्रमुख मञ्जु गुरुङ्गले समानता मुलक सामाजिक विकासकालागि सिमान्तकृत र उत्पीडनमा परेको वर्गको क्षमता विकास आवश्यक रहेको बताइन् । मुलुक संघीय संरचनाबाट लोकतान्त्रिक गणतन्त्र संस्थागत गन अघि बढिरहेकाले विभेदमुक्त समाजकालागि सबै जुट्नु पर्ने उनको भनाई थियो । दलित भित्र पनि महिला झनै विभेदमा परेको भन्दै उनले नेतृत्व विकास तालिमले महिलाको दक्षता, क्षमता तथा ब्यत्तित्व विकामा भुमिका खेल्ने विश्वास ब्यक्त गरिन् ।
वडा नं ६ का वडा अध्यक्ष जगत पहारीले समाजमा परिवर्तन उन्मुख हुँदै गएको भन्दै पछाडि परेका र पारिएका समुदायको वर्ग उत्थानबाट मात्रै सामाजिक विकास सम्भव हुने बताए । तालिमको उद्घाटन सत्रमा वडा सदस्य पुष्पा घले, विष्णु भट्टराई, हरीकृष्ण पहारी सामाजिक अभियन्ता विष्णु हरी अधिकारी, पर्यटन ब्यवसायि महिला मञ्चका अध्यक्ष जमुना पराजुली लगायतले तालिमका उद्देश्यमा केन्द्रित रहेर क्षमता विकासमा लाग्न सहभागिलाई आग्रह गर्दै शुभकामना मन्तब्य दिए ।
सो तीन दिने नेतृत्व विकास तालिमको संचारिका समुह पश्चिमाञ्चलका अध्यक्ष पत्रकार जमुना वर्षा शर्माले कार्यक्रम संचाालन, भाषणकला र बैठक संचालनको सैद्धान्तिक एवं ब्यवहारिक पक्षमा प्रशिक्षण दिनेछिन् । तालिममा ६० जना महिलाको सहभागिता रहेको छ ।
वडा नं. ६ का वडा सदस्य एवं कार्यक्रम संयोजक राममाया बिकको सभाध्यक्षमा भएको कार्यक्रममा स्वागतले गैह्रीखेत आमा समुहकी अध्यक्ष रुपा कुमारी सुनारले र संचालन सचिव सपना सुनारले गरेकी थिइन् ।