असन्तुष्ट दलहरु सहभागी नभएपनि चुनाव हुन्छ : देउवा

क्रान्ति शाह 
sherbahadur deuba२३ साउन, वीरगन्ज । नेपाली काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले असन्तुष्ट दलहरु सहभागी नभएपनि मंसिर ४ मै चुनाव हुने दाबी गर्नु भएको छ । देउवाले यस्तो दाबी गर्नु भएको हो । असन्तुष्ट दलहरुलार्इ चुनावमा सहभागी गराउन गम्भीर रुपमा वार्ता भइरहेको भन्दै नेता देउवाले उनीहरु नआएपनि तोकिएकै मितिमा चुनाव भएरै छाडने ठोकुवा गर्नु भयो ।
वीरगन्जको होटल मकालुमा बुधवार आयोजित संविधानसभाको निर्वाचन र स्थानीय सरकार विषयक एक दिने कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै देउवाले विगतको चुनाव जस्तो अहिले डर त्रासको अवस्था नरहेको भन्दै असन्तुष्ट दलहरुलाई पनि चुनावमा भाग लिन आग्रह गर्नु भयो । विगतको चुनावमा काँग्रेसको बहुमत नआएकै कारण मुलुकले संविधान पाउन नसकेको भन्दै काँग्रेस नेता देउवाले आगामी चुनावमा काँग्रेसलाइ बहुमतका साथ जिताउन आग्रह समेत बनाउन आग्रह गर्नु भयो ।
उहाँले काँग्रेस संघीयताको पक्षमा स्पष्ट रहेको पनि दाबी गर्नु भयो । स्थानीय निकाय लामो समयदेखि जनप्रनिधि बिहिन भएका कारण विकास निर्माणका काम प्रभावित हुनुका साथै भ्रष्टचार पनि मौलाएको भन्दै उहाँले अब मुलुकमा स्थानीय निकायको चुनावको पनि आवश्यकता भइसकेको बताउनु भयो । देउवाले संविधानसभाको निर्वाचन भएको पाँच महिना भित्रै स्थानीय निकायको चुनाव पनि गर्नु पर्नेमा जोड दिनु भयो । प्राध्यापक कृष्ण खनालले स्थानीय निर्वाचनका लागि दबाब दिन नागरिक समाज नै अगाडि बढनु पर्नेमा जोड दिनु भयो । दलका नेताहरु संविधान निर्माण प्रति अहिले पनि गम्भिर रुपमा प्रस्तुत नभइरहेको भन्दै खनालले संविधानसभा निर्वाचन भएपछि संविधान निर्माणका लागि नागरिकले निरन्तर रुपमा दबाब दिनु पर्ने बताउनु भयो । cp. onlinekhabar.com

कमेन्टहरु
Loading...