१२ वर्षीय बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एकजना पक्राउ

ताप्लेजुङ,तेह्रथुम, ८ चैत्र /ताप्लेजुङमा १२ वर्षकी बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरी एक युवकलाई पक्राउ गरेको छ ।पाँचथरको हिलिहाङ गाउँपालिका–७, स्थायी घर भएर ताप्लेजुङको फुङलिङ नगरपालिका–२, मा बस्दै आएका ३३ वर्षीय रामकुमार राईले १२ वर्षकी बालिकालाई जवरजस्ती करणी गरेको जाहेरीका आधारमा पक्राउ गरेको प्रहरी प्रमुख डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए ।

सिदीवा गाउँपालिका वडा नम्बर–७, स्थायी घर भएकी फुङलिङ नगरापलिका–२, मा बस्ने बालिकालाई गएको मंसिर १५ गते जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले राईलाई पक्राउ गरेको जनाएको छ । पक्राउ परेका अभियुक्त राईमाथि प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।

यस्तै, तेह्रथुमको आठराई गाउँपालिकामा एक सुस्त मनस्थितिकी १८ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक ट्यांकर चालक पक्राउ परेका छन् ।प्रहरीले बलात्कारको आरोपमा सुर्खेतको गुर्वाकोट नगरपालिका–३ घर भइ यहाँ कार्यरत् १९ वर्षीय प्रेम खड्कालाई पक्राउ गरी अनुसन्धान थालेको हो ।

उनले मंगलबार साँझ पसलबाट घर फर्कंर्दै गरेकी किशोरीलाई ट्यांकरमा घर पुर्याइदिने आश्वासन दिएर बलात्कार गरेको भन्दै किशोरीका परिवारले प्रहरीमा उजुरी दिएका थिए ।खड्कालाई पक्राउ गरी अनुसन्धान थालिएको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक डम्बर पुरीले जानकारी दिए ।

कमेन्टहरु
Loading...