पोखराको बुलौदीमा दुर्घटना

पोखरा, ८ चैत/पोखराको बुलौदीमा बिहीबार राती दुर्घटना भएको छ । लेकसाइड तर्फ जादै गरेको ग४प ६६९२ नम्बरको स्कुटर दुर्घटना हुदाँ एक जना गम्भिर घाईते भएका छन् ।

घाईतेको नाम र ठेगना खुलेको छैन भने उनको उपचारका लागि गण्डकी मेडिकल कलेज लगेको प्रहरीको भनाई छ । बुलौदीको ओरालो खटे पछि साइडमा ठोकिन पुगेको थियो ।

कुकुरलाई बचाउन खोज्दा दुर्घटना हुन पुगेको स्थानीयले बताएका छन् । दुर्घटनामा परेको स्कुटको अगाडीको भाग फुटेर ध्वस्त भएको छ ।

कमेन्टहरु
Loading...