पोखरा, ८ चैत्र/ पोखरामा चैत्र ११ र १२ गते बैकिङ बिमा एक्स्पो हुने भएको छ । बैकिङ सुचना प्रवाह गर्ने तथा बित्तिय साक्षरता अभिबृद्धी गर्ने उद्धेश्यले कार्यक्रम गर्न लागिएको आयोजक मिडिया इन्टरनेशनलले जनाएको छ । पोखरामा पत्रकार सम्मेलनको आयोजना गरी सर्वसाधरणमा बैकिङ पहुँच बढाउदै बैंकबाट कर्जा लिएर उद्यमशिलताको विकास गर्न समेत एक्स्पो प्रभावकारी हुने आयोजकको बिश्वास छ ।
बित्तीय जागरण राष्ट्रिय अभियानका संयोजक माधव निर्दोषले भने – “बैकिङ सुचनाको अभावमा लगानीका बिधी, कर्जा र ब्याजबारे सामान्य जानकारी समेत नहँुदा मानिसहरु बैकिङ पहुँचबाट टाढा छन ।” उनीहरुलाई बैकिङ क्षेत्रको पहुँचमा ल्याएर स्वदेशमा उद्यमशिलताको प्रवद्र्धन गर्नु नै कार्यक्रमको मुख्य उद्धेश्य हुने संयोजक निर्दोषको भनाई थियो । साथै बिमाको बिकास, बिस्तार तथा बिमाको आवश्यकता र महत्वका बारेमा एक्स्पो मार्फत आम नागरीकले सही सुचना पाउने आयोजकले जनाएको छ ।
कार्यक्रममा बोल्दै नेपाल राष्ट्र बैंक पोखराका कायममुकायम निर्देशक तिल बहादुर गुरुङले पोखरा शहरी क्षेत्र भएपनी अझै पोखरा आसपासका ग्रामिण भेगमा रहेका मानिसहरुमा बैकिङ चेतनाको अभाव रहेकोले उनीहरुको बैकिङ सेवाको मुलधारमा ल्याउन एक्स्पो प्रभावकारी हुने धारणा राखे । डेभलपमेन्ट बैंकर्स एसोशियसनका बरीष्ठ उपाध्यक्ष गोबिन्द प्रसाद ढकालले अहिले चालिस प्रतिशत नेपालीहरु संग मात्र बित्तिय सेवाको पहुँच रहेको अवस्थामा आम नागरीकमा बैकिङ सचेतना अभिबृद्धी गर्न यस्ता कार्यक्रमहरु प्रभावकारी हुने बताए ।
डेभलपमेन्ट बैंकर्स एसोशियसनका सचिव तथा गण्डकी बिकास बैंकका प्रमुख कार्यकारी अधिकृत रेशम बहादुर थापा, ओम डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत बिश्व मोहन अधिकारी, पोखरा फाइनान्सका प्रमुख कार्यकारी अधिकृत राजकुमार गुरुङ लगायतले एक्स्पो मार्फत बित्तिय सचेतना फैलाउनुपर्नेमा जोड दिए ।
एक्स्पोमा बिभिन्न बैंक तथा बित्त र बिमा कंपनीहरुको सुचनामुलक स्टलहरु रहनेछन । साथै बैकिङ लगानी, कर्जा, उद्यमशिलता, बैकिङ तथा बिमा टेक्नोलोजी एवं बिमाको महत्वका बिषयमा अन्तरक्रियात्मक कार्यक्रम संचालन गरीने आयोजकले जनाएको छ । यस अघि काठमाडौ र इटहरीमा भैसकेको एक्स्पो पोखरामा भने पहिलो पटक हुदैछ । नेपाल राष्ट्र बैंकको प्रबद्र्धन तथा बिमा समितिसंगको साझेदारीमा कार्यक्रम गर्न लागीएको हो । नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एशोसियसन, नेपाल बित्तीय संस्था संघ र माइक्रो फाइनान्स बैंकर्स एशोसियसनले एक्स्पोमा हातेमालो गर्दैछन ।