पोखरा, ८ चैत /पोखराको पर्यटकीय क्षेत्र डेभिजफलमा खसेका एक व्यक्तिको प्रहरीले ११ घण्टा पछि सकुशल उद्धार गरेको छ । पर्वत घर भएका ईन्द्र केसीलाई प्रहरीले उद्धार गरेको हो ।
गएराती ११ बजे पुल तर्ने क्रममा उनी डेभिजफलमा आउने फेवा खोलामा खसेका थिए । रातीमा उनी खोला खोलै डेभिजफलमा खसेको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीले उनलाई एक घण्टाको प्रयास पछि सकुस उद्धार गरको उद्धारमा संलग्न प्रहरी निरिक्षक पुष्पकमल श्रेष्ठले जानकारी दिए । उनले चिसोका कारण कामि रहेको र शरिरमा चोटपटक लागेको बताए । उनको उपचार पछि आफ्न्तलाई बुझाउने उनले बताए ।