मनाङ किङ्स कपको सेमीफाइनलमा

मनाङ मर्स्याङ्दी क्लब भुटानको थिम्पुमा जारी किङ्स कपको सेमीफाइलनमा पुगेको छ । मंगलबार थिम्पुको स्थानीय रंगशालामा भएको खेलमा बंगलादेशको  आर्मबाग फुटबल क्लबलाई शुन्यकाविरुद्ध ७ गोलको भारी अन्तरले हराउँदै १० खेलाडीमा सिमित मनाङले अन्तिम चारको यात्रा तय गरेको हो ।
mmmmmmmखेलमा योना इलियस र सुजल श्रेष्ठको ह्याट्रिक गरेका थिए । थप गोल अनिल ओझाले गरेका थिए  । मनाङका दीपक राई ले रातो कार्ड पाएका थिए ।
अब फाइनल प्रवेशका लागि मनाङले सिक्किम फुटबल क्लबसँग प्रतिश्पर्धा गर्ने भएको छ । तस्विर सौजन्य: गोल नेपाल
– See more at: http://setopati.com/khel/2975/#sthash.M86vxWQo.dpuf

कमेन्टहरु
Loading...