प्रचण्ड पुत्रको नयाँ कमाउ धन्दा

२२ साउन, काठमाण्डौं । ‘कुस्त आर्थिक लाभ लिन सकिने’ नेपाल ओलम्पिक कमिटी छिर्ने बाटो खोज्दै राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष पिताम्बर तिम्सिना र एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमद दाहाल प्रचण्डपुत्र प्रकाश दाहालले मिलेमतोमा नयाँ खेल संघ गठन गरेका छन् ।
Prakash dahalनेकपा एमाले नेता केपी शर्मा ओलीका ‘विश्वासपात्र’ तिम्सिनाको अध्यक्षतामा गगित नेपाल मोडर्न पेन्ट्राथोलन संघमा साकार दाहाल उपाध्यक्ष छन् । माओवादी अध्यक्ष दाहालपुत्र प्रकाशकै वास्तविक नाम साकार हो ।
नेपाल ओलम्पिक कनिटी छिर्ने ढोकाका रुपमा यसरी संघ गठन गर्ने चलन छ । ओलम्पिक कमिटी छिरेपछि विदेश शयरदेखि अेरिकी डलरमा कुस्त भत्ता खाने सुविधा पाइन्छ । संघमार्फत देशव्यापी प्रभाव जमाउन सकिने हुँदा राजनीतिक लाभ पनि मिल्छ ।
परिषदको १ सय ३५ औ संघका रुपमा असार १९ गते ‘नेपाल मोडर्न पेन्ट्राथोलन संघ’ गठन भए पनि सार्वजनिक नगरिएको नागरिक दैनिकमा खबर छ ।
माओवादी सिफारिसमा परिषद सदस्य-सचिव नियुक्त युवराज लामाले उपाध्यक्ष तिम्सिनाको अध्यक्षतामा मोर्डन पेन्ट्राथोलन संघ दर्ता भएको स्वीकारे पनि दाहालको संलग्नताबारे अनभिज्ञता देखाए । cp. onlinekhabar.com

कमेन्टहरु
Loading...