पत्रकारको तलब १५ देखि ३० प्रतिशत वृद्धि

पोखरा, २३ साउन/पोखराबाट प्रकाशित हुने आदर्श समाज राष्ट्रिय दैनिक पत्रिकाले पत्रकार तथा कर्मचारीहरुको तलबमा १५ देखि ३० प्रतिशतसम्म वृद्धि गरेको छ । हालै सरकारले कर्मचारीलाई गरेको तलब वृद्धिलाई मध्यनजर गरी पत्रिकाले आफ्ना श्रमजीवी पत्रकार तथा कर्मचारीहरुलाई पनि पारिश्रमिक वृद्धि गर्ने निर्णय गरेको हो ।
पत्रिकाले पत्रकारको न्यूनतम तलब १० हजार ५० र कर्मचारीहरुको न्यूनतम तलब सात हजार पाँच सय रुपैयाँ कायम गरेको छ ।
यसैगरी, उपल्लो तहमा पत्रकारको २५ हजारसम्म र कर्मचारीको २० हजारसम्म तलबको व्यवस्था गरिएको छ । आदर्श समाज राष्ट्रिय दैनिकले विगत चार वर्षदेखि नै श्रमजीवी पत्रकार ऐन कार्यान्वयन गर्दै आएको छ भने सरकारले हालै पत्रपत्रिकाहरुलाई आह्वान गरेअनुसार मूल्य अभिवृद्धि करमा समेत विधिवत् दर्ता भएको छ ।

कमेन्टहरु
Loading...