ने.वि.संघ कास्कीमा पदाधिकारी बाँडफाड

साउन २३,पोखरा/लामो समयदेखी पदाधिकारी विहीन नेपाल विद्यार्थी संघले अन्तत पुर्णता पाएको छ । नेपाल विद्यार्थी संघको विधान २०२७ मा रहेको अधिकार प्रयोग गर्दै नेपाल विद्यार्थी संघ कास्कीका सभापती कल्याणबाबु भण्डारीले मंगलवार पदाधिकारी बाँडफाड ,विभाग संयोजक तथा सदस्य मनोनयन गरेका छन् । जसमा उपसभापती ई. पर्शुराम बस्नेत,मदनराज पौडेल,रामु पौडेल र योगेन्द्र सुवेदी,सचिव अभियान कोइराला,विनोद मरासिनी र लक्ष्मण पहारी,सह–सचिवमा यानी परियार,विशाल बराल,ताराप्रसाद तिमिल्सिना,खुसीराम बराल,बुद्ध गुरुङ्ग,अर्जुन घिताङ्ग र किरण पौडेल रहेका छन् । त्यसैगरी कोषाध्यक्षमा हेमन्त पाण्डे,सह–कोषाध्यक्ष अस्मिता पौडेल र सद्यस्यहरुमा गृष्मा कुवर,पुजा श्रेष्ठ,राजेश हमाल,बोधराज ढकाल,विजयशान्ति सुवेदी,रामु ढकाल,पुरन तिवारी,अनिल शर्मा तिमिल्सिना,नविन गुरुङ्ग,संजय बराल,उपेन्द्र पौडेलर अमृत दवाडी रहेका छन् ।
त्यसैगरी विभागहरुमा मा.वि. विभाग संयोजक धुव तिवारी,शिक्षा विभाग संयोजक दिपेश पौड्याल,सिटीभीटी विभाग संयोजक नरेन्द्र मरासिनी,खेलकुद विभाग संयोजक बुद्ध गुरुङ्ग,प्रचारप्रसार विभाग संयोजक विशाल बराल,छात्रा विभाग संयोजक यानी परियार र प्रवत्ता सुर्य पौडेल रहेको ने.वि.संघ कास्कीका सभापती कल्याणबाबु भण्डारी द्धारा जारी विज्ञप्तिमा जनाइएको छ ।

कमेन्टहरु
Loading...