युवा संसद कास्कीको अन्र्तक्रीया

साउन २२,पोखरा/युवा संसद कास्कीकले आसन्न संविधान सभामा युवाको भुमीका भन्ने बिषयमा मंगलवार गुप्तेश्वर महादेव बहुमुखी क्याम्पसको सभा हलमा एकदिने अन्र्तक्रीया कार्यक्रम गरेको छ । सो कार्यक्रमका प्रमुख अतिथी तथा ने.वि.संघका केन्द्रिय सदस्य सरोज के.सी.ले ए.माओवादी र ने.क.पा. माओवादीले भित्रभित्रै मिलेर संविधान सभाको चुनाव नगर्न षडयन्त्र गरि रहेको र सो विरुद्ध युवाहरु लाग्नुपर्ने बताए ।
उनले आफुहरु मार्न र मर्न तयार भएको तर जुनसुकै हालतमा तोकीएकै मितीमा संविधान सभाको चुनाव हुनुपर्ने बताए । नेपाली कांग्रेसका जिल्ला सदस्य तथा उक्त कार्यक्रमका विशेष अतिथी युवक लामीछानेले युवा शक्ति एकजुट भएर संविधान विरोधी तत्वहरुलाई ठेगान लाउनुपर्ने बताए । लियो जिल्ला परिषद ३२५ वि १ नेपालका चिफ एडभाइजर नविन बरालले युवा शक्ति नै परवर्तनको संवाहक भएको हुँदा हरेक परिवर्तनमा युवाले अग्रणी भुमीका खेल्नुपर्ने बताए ।
त्यसैगरी ने.वि.संघ क्षेत्र नं ४ का सभापती सुसील पौडेलले युवा संसदले सबैलाई समेटर अघि बढनुपर्ने बताए । युवा संसद कास्कीका सभापती विशाल बरालको सभापतीत्वमा सम्पन्न सो कार्यक्रममा युनेस्को कास्कीका अध्यक्ष मदनराज पौडेल,युनेस्को समाज स्याङ्गजाका अध्यक्ष अजित क्षेत्री,किरण पौडेल लगायतले आ–आफ्नो भनाई राखेका थिए भने सो कार्यक्रमको सञ्चालन युवा संसद कास्कीका कोषाध्यक्ष खुसीराम बरालले गरेका थिए ।

कमेन्टहरु
Loading...