काठमाडौं, २८ फागुन /विश्वकप छनोटमा नेपालले हङकङलाई ५ विकेटको जित निकालेको छ । पहिलो जितसँगै नेपाल समूहको चौथो स्थानमा रहृयो भने हङकङ समूह बीको पुछार छ ।
टस जितेर पहिले ब्याटिङ गरेको हङकङले ४८.२ ओभरमा सबै विकेट गुमाएर १५३ रन बनायो । १५४ रनको लक्ष्य पछ्याएको नेपालले पहिलो विकेटका लागि ज्ञानेन्द्र मल्ल र अनिलकुमार साहले ४१ रनको साझेदारी गरे । अनिल २६ रनमा आउट भए ।
त्यसपछि लगातार तीन विकेट गुमायो । मल्ल १२, पारस ११ र दिपेन्द्र सिंह ऐरी १२ रन, रोहित ४८ रनमा अविजित रहँदा सोमपालले नटआउट ३७ रन बनाए ।