गोरु काटेर खाएको अभियोगमा पाँचजना पक्राउ

गोरु काटेर खाएको अभियोगमा सोमबार यहाँ पाँचजना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी निरीक्षक हरिबहादुर बरुवालका अनुसार पक्राउ पर्नेहरुमा सोही गाविस वडा नं ९ का हस्तबहादुर क्षेत्री, कृष्णबहादुर क्षेत्री, राजेन्द्रबहादुर क्षेत्रीका छोरा कृष्णबहादुर क्षेत्री, रेशम पौडेल र शिव भन्ने वेदप्रसाद पौडेल रहेका छन्।

उनीहरुले चिलाउनेबास गाविस वडा नं ८ की पद्माकुमारी पौडेलको गोठमा रहेको गोरु चोरेर वडा नं ९ स्थित अन्धाअन्धी खोलाको किनारमा लगेर काटेर खाएका थिए।
प्रहरी निरीक्षक बरुवालका अनुसार उनीहरुले गोरुको केही मासु खाएका र केही त्यही ठाउँमा पुरेर राखेको अवस्थामा पशुसेवा कार्यालयका पशु विकास अधिकृत महेन्द्र मल्ल र प्रहरीको टोलीले गाडिएको मासु उत्खनन गरी उनीहरुलाई पक्राउ गरेको हो।
पक्राउ परेकालाई गौबधसम्बन्धी मुद्दा दायर गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ। रासस

– See more at: http://setopati.com/samaj/2960/#sthash.HQ8l2peg.dpuf

कमेन्टहरु
Loading...