११ घण्टापछि दुई बालक सकुशल अपहरणमुक्त

निमुसंगम घर्ती /२२ साउन, दाङ । स्कुलबाट घर फर्कदै गर्दा अपहरणमा परेका दुई बालकलाई दाङमा प्रहरीले झण्डै ११ घण्टापछि सकुशल अपहरणमुक्त गरेको छ । तुलसीपुर नगरपालिका-८ दुधेनाका ९ बर्षीय दुई वालक सोमवार अपराहृन ४ बजे अपहरणमा परेपछि र प्रहरीले खोजतलासका क्रममा गएराति साढे २ बजे मानपुर ९ पत्रेखोलाबाट अपहरणमुक्त गरेको हो ।
दुधेनास्थित शान्तिदिप स्कुलमा कक्षा ४ मा पढ्दै आएका केशब वली र शुलभ वलीलाई स्कुलबाट घर फर्कदै गर्दा नचिनेका व्यक्तिहरुले मोटरसाइकलमा हालेर लगेका थिए । अपहरणकारीले ति बालकहरुलाई अपहरण गर्नु अघि मिठाई र पैसा दिएर फकाइरहेको प्रत्यक्षदर्शीहरुले बताएका छन् । प्रहरीले अपहरणका मुख्य योजनाकार सहित एउटा मोटरसाइकललाई नियन्त्रणमा लिएको छ । अपहरणका मुख्य योजनाकार तुलसीपुर-८ दुधेना निवासी २२ वर्षीय इन्द्रबहादुर विकलाई पक्राउ गरेपछि उनकै बयानका आधारमा बालकहरुको उद्दार गरिएको दाङ प्रहरी प्रमुख शरदकुमार खत्रीले जानकारी दिनुभयो ।
छिमेकी अन्य दुई जना पनि अपहरणमा संलग्न रहेको बिकले प्रहरीसामू बयान दिएका छन् । बिकले बालकहरुलाई सिमापारी भारत लैजाने योजना बनाएको बयान दिएका छन् । तुलसिपुर अमेलिया रोड हँुदै बाँके प्रबेश गर्न लागेका बिकलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । प्रहरीले फूलबारी गाबिसको रनियापुरको जंगलमा रा १ प ४१८० नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ । cp. onlinekhabar.com

कमेन्टहरु
Loading...