टान अन्तराष्ट्रिय इको–च्यालेन्ज भदौमा

नेपालमा अन्तराष्ट्रिय स्तरको साहसिक खेलकूद गतिविधिको आवश्यकता महसुस गर्दै ट्रेकिङ एजेन्सीज् एसोसिएसन अफ नेपाल (टान) ले आगामी भदौ १ गत शनिबार टान अन्तराष्ट्रिय इको–च्यालेन्ज २०१३ को आयोजना गर्ने भएको छ। समूहगत सहभागिता रहने प्रतियोगितामा संयुक्त रुपमा तीन खेलहरू – दौड, साइक्लिङ र र्‍याफ्टीङ – समावेश गरिएको छ।
प्रतियोगितामा सहभागिताको लागि इच्छुक व्यक्तिले पा“च जनाको एउटा समूह बनाउनु पर्नेछ। सो समूहमा चार प्रतियोगी र एक टिम म्यानेजर रहनेछन्। चारै प्रतियोगीहरुले पहिले टोखाको भूतखेल चौरदेखि बुढानीलकण्ठ पानीमुहानसम्म (६.५कि.मी.) दौडनेछन्। त्यसपछि नागार्जुन–शिवपुरी राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने पानीमुहानदेखि सुन्दरीजलसम्म (१४.५कि.मी.) साइक्लिङ गर्नेछन्। साइक्लिङ सकिएपछि सहभागीहरुले बागमती खोलाको सुन्दरीजल – गोकर्ण खण्डमा (७.५कि.मी.) र्‍याफ्टीङ गर्नेछन्। तर आफ्नो समूहका सबैले साइक्लिङ सकेपछि मात्र राङ्खिटङ गर्न पाईनेछ। खेलकुद उत्सव तथा समारोह विभागले सोमबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो।
प्रतियोगितामा विजेताले नगद  एक लाखसहित सिल्ड, स्वर्ण पदक र प्रमाणपत्र प्राप्त गर्नेछ। यसैगरी दास्रोे हुने समूहले नगद ७५ हजारसहित रजत पदक र प्रमाणपात्र प्राप्त गर्नेछ भने तेस्रो हुने समूहले नगद ५० हजारसहित काश्य पदक र प्रमाणपत्र प्राप्त गर्नेछ।
प्रत्येक समूहले दर्ता शुल्कका लागि २,५०० (विदेशीको हकमा १०० अमेरिकन डलर) बुझाउनु पने विभागले जनाएको छ। १८ बर्षमाथिका जो सुकैले समूह बनाई प्रतियोगितामा भाग लिन सक्ने कार्यक्रमका संयोजक सरोज न्यौपानेले बताए।
प्रतियोगिताको लागि समूह दर्ता आजैका दिन देखि खुला गरिएको छ। टानले यस प्रतियोगितालाई देशकै एक महत्वपूर्ण साहसिक  खेलकूद गतिविधिको रुपमा विकास गर्ने लक्ष्य लिएको सोमबारको पत्रकार सम्मेलनमा जानकारी गराइयो। cp. setopati.com

कमेन्टहरु
Loading...