सरगमको विधिवत उद्घाटन

पोखरा २१ साउन/सात तालको बाटिका शहर लेखनाथमा रहेको सरगम सांस्कृतिक कला केन्द्रले आयोजना गरेको खुल्ला एकल नृत्य प्रतियोगितामा अमृता सुनार प्रथम भएकी छिन । केन्द्रले आयोजना गरेको प्रतियोगितामा १३ जना प्रतिस्पर्धीलाई पछाडी पार्दै प्रथम स्थान हासिल गरेकी हुन । प्रतियोगितामा अन्जना गुरुङ द्धितिय भइनभने तृतिय स्थान अञ्जली गुरुङले हात पारिन ।
प्रतियोगितामा प्रथम, द्धितिय र तृतिय स्थान हासिल गर्नेहरुलाई मायाको चिनो प्रमाणपत्र र नगद राशी प्रदान गरिएको आयोजकले जनाएको छ । प्रतियोगितामा गायक तथा नृत्य निर्देशक मनोज गुरुङ, नृत्य निर्देशक सन्तोष सोनुब्यास र सूर्योदय कलाकेन्द्रका प्रशिक्षक शिव नेपालीले निर्णायकको भूमिका निभाएका थिए । उतm कार्यक्रममा कला केन्द्रका विद्यार्थीहरुले विभिन्न सांस्कृतिक कार्यक्रमहरु समेत प्रस्तुत गरेका कला केन्द्रका सचिव प्रिती गुरुङले जानकारी दिए । कार्यक्रममा उल्लेख्य दर्शकहरुको सहभागीता रहेको आयोजकले जनाएको छ ।
लेखनाथमा सगीत , नृत्य , आरजे , भिजे तथा डिजे सिक्न चाहने ब्यातिmहरुलाई मध्येनजर गरेर स्थापना भएको कला केन्द्रको हालै गीतकार पद्म राज ढकालले उद्घाटन गरे । कला केन्द्रमा अनुभवी तथा प्रोफेसनल प्रशिक्षकहरुद्धारा प्रशिक्षण दिदै आएको कला केन्द्रका अध्यक्ष प्रशान्त सुनारले जानकारी दिए ।
सरगम सांस्कृतिक कला केन्द्रमा हाल ४० जना प्रशिक्षार्थीहरुले प्रशिक्षण लिइरहेका छन भने वरिष्ठ नृत्य प्रशिक्षकहरु प्रिति गुरुङ्ग, प्रविण कुमार र ईन्दु गुरुङ्गले प्रशिक्षार्थीहरुलाई प्रशिक्षण दिइरहेका छन ।

कमेन्टहरु
Loading...