नेपाली भक्तिसंगीतका धरोहर प्रज्ञारत्न बज्राचार्यको निधन

सागर राज तिमिल्सिना
पोखरा, २१ साउन /नेपाली भक्ति संगितका धरोहर प्रज्ञारत्न बज्राचार्यको निधन भएको छ । उपचारको क्रममा गएराति मणिपाल शिक्षण अस्पतालमा उनको निधन भएको हो । लामो समयदेखि अस्वस्थ रहेका उनको सोमबार नै अतेस्टी भएको छ । शव अन्तिम श्रद्धान्जलीको लागि धर्मशिला बुद्धबिहारमा राखिएको थियो भने दिउसो शव यात्रा सहित अन्तिम शंकार गरिएको हो । धर्मशिला बिहारबाट सुरु भएको शवयात्रा तेर्सापट्टी, नालामुख, भिमसेनटोल, भैरवस्थान, मोहोरियाटोल, बगर हुदै गाईघाटमा पु¥याई अन्तिम संस्कार गरिएका थियो ।
बि सं १९९१ सालमा पाल्पाको तानसेनमा जन्मिएका बज्राचार्य २००७ सालमा पोखरामा बसाई सरेका थिए । बाल्यकालदेखि संगितमा रुची राख्ने उनले ज्ञानमाला भजन, रामायण गायन मार्फत नेपाली भक्ति संगितको अभिबृद्धिमा अतुलनिय योगदान पु¥याएका छन् । उनलाई २०५५ सालमा पोखरा उपमहा नगरपालिकाले पोखरेली नबरत्न सम्मान समेत प्रदान गरेको थियो ।
उनले संगितमा प्रबेश गर्न चाहने थुप्रै नबप्रतिभालाई संगित प्रशिक्षण समेत दिएका थिए । उनि ज्ञानमाला संघ पोखराका संस्थापक अध्यक्ष समेत हुन् । पहिले नेवारी भाषामा मात्र गाईने ज्ञानमाला भजनलाई नेपाली भाषामा गाउने पहिलो गायकका रुपमा पनि उनलाई चिन्न सकिन्छ । उनको निधनले पोखराको भक्ति संगित साधनाको क्षेत्रमा अपूरणिय क्षति पुगेको यस क्षेत्रका संगित साधकहरुले बताएका छन् । उनका २ छोरा र ७ छारी छन् ।

कमेन्टहरु
Loading...