पोखरामा एक महिने महायज्ञ जारी

पोखरा २१ साउन । आधात्मिक चेतना मार्फत समाज रुपपान्तरणको लागि साउन १२ गतेदेखि पाखरामा जारी एक महिने महायज्ञमा भक्तजनको उपस्थिति बाक्लिदै गएको छ ।
पोखरा ८ रत्नचोक स्थित कृष्ण प्रण्नमी मन्दिरमा भदौ १२ गतेसम्म चल्ने महायज्ञमा दिनहु ५ सय भन्दा बढीको उपस्थिति रहने श्रीकृष्ण प्रणामी सेवा समितिका अध्यक्ष बलराम सुबेदीले बताए । दान संकलनको लागि प्रबचलन कार्यक्रम आयोजना गरिएपनि स्वच्छिक दान गर्नेहरु धेरै रहेको आयोजकले बताएको छ ।
कृष्ण जन्माष्टमीको अबसरमा आयोजना गरिएको प्रबचन कार्यक्रममा दुब्र्यसनमा फसेका युवाको लागि पनि बिशेष आध्यात्मिक शिबिर संचालन गरिने समितिका उपाध्यक्ष अम्बिका सापकोटाले जानकारी दिए । कार्यक्रममा नेपाली जनजाति समुदायका प्रखर कताकार रोहित राज गुरुङले कथा बाचन गरिरहेका छन् । प्रबचन कार्यक्रम बिहान ११ बजेदेखि दिउसो २ बजेसम्म चल्ने आयोजक समितिले जनाएको छ ।
 

कमेन्टहरु
Loading...