अडिटर्स एशोसियसन कास्की (अडान) द्धारा बृद्धबृदालाई सहयोग

पोखरा, २१ साउन/नेपाल अडिटर्स एशाेिससनको आठौं स्थापना दिवसको अवरसर पारेर कास्की शाखाले लेखनाथ नगरपालिका वडा नं ६ सहेलेपाखामा रहेको बृद्धाश्रमलाई सहयोग हस्तान्तरण गरेको छ । बृद्ध बृदाको सेवा नै मानव सेवा हो भन्ने मान्यतालाई आत्मसाथ गर्दै एशोसियसनका पदाधिकारी तथा सदस्यहरुले सामुहिक रुपमा त्यहाँ रहेका १० जना बृद्धबृदाका लागि आवश्यक पर्ने कुर्ची, खाद्य सामाग्री तथा फलफुल आश्रमका अध्यक्ष कल्याणकुमार कार्कीलाई हस्तान्तरण गरेका हुन् ।
नेपाल अडिटर एशोसियसनका पुर्व केन्द्रिय उपाध्यक्ष इश्वरीप्रसाद सुवेदीको प्रमुख आतित्थतामा भएको सो कार्यक्रममा केन्द्रिय सदस्य चन्द्रबहादुर थापा, कास्की अध्यक्ष चन्द्रवहादुर सुवेदी, नेपाली काग्रेस लेखनाथ नगरकमिटीका सभापति राजेन्द्रमणि लामिछाने लगाएतले सहयोगका बारेमा जानकारी दिएका थिए । कार्यक्रमको संचालन सचिव रुद्रनाथ पौडेलले गरेका थिए भने उपाध्यक्ष राजेन्द्रप्रसाद पौडेलले स्वागत मन्तव्य राखेका थिए ।

कमेन्टहरु
Loading...