कमला नदीमा बगेर ७ तीर्थयात्रीको मृत्यु

सिन्धुली, श्रावण २१ – सिन्धुलीको हत्पतेमा रहेको मधुगंगा महादेवको दर्शनका लागि कमलानदी नदी पार गर्दै गरेका ७ जना तीर्थयात्रीहरुको सोमबार बिहान मृत्यु भएको छ । नदी पार गर्ने क्रममा बगेका तीनजना बेपत्ता रहेका छन् । हत्पतेको गागन नजिकैबाट नदी पार गर्दा बगेका तीर्थयात्रीहरुको शव करिब सय मीटर तल फेला परेको स्थानीय रिजेन्द्र बरालले जनाएका छन् ।
मृत्यु हुनेहरुको नाम खुल्न सकेको छैन् । उनीहरु सर्लाही र सीमापारी भारत सुरण्ड निवासी रहेको जनाइएको छ । स्थानीयले नदी पार गर्नेक्रममा बग्दै गरेका १३ जनाको सकुशल उद्धार गरेको छ । उद्धार गरिएका समेत केही बेहोस अवस्थामा रहेका छन् । प्रहरीले अहिले नदी वारपार गर्न रोक लगाएको छ । प्रहरी नायब उपरिक्षक नरेन्द्र उप्रेतीका अनुसार डकाहा इलाका प्रहरी कार्यालयको टोली  र रानीवासमा रहेको नेपाली सेना घटनास्थलमा परिचालित भएका छन् ।
– See more at: http://ekantipur.com/np/2070/4/21/full-story/373437.html#sthash.wa76ecGb.dpuf

कमेन्टहरु
Loading...