पत्रकार शर्मा पुरस्कृत

पोखरा २१ साउन /वर्गीय बालकृष्ण उग्रताराको स्मृतिमा स्थापित बालकृष्ण उग्रतारा स्मृति पत्रकारिता पुरस्कारबाट पर्वतका पत्रकार भोलानाथ शर्मा सम्मानित भएका छन । विगत ३ वर्षदेखि प्रदान गर्दै आएको पुरस्कारबाट यसपटक पर्वतका पत्रकार शर्मा सम्मानित भएका हुन । पत्रकार शर्मालाई १० हजार १ सय १ , ताम्रपत्र र दोसल्ला ओढाइ सम्मान गरिएको थियो ।
कार्यक्रममा पुनरावेदन अदालत पोखराका न्यायधिस डिल्लीराम आचार्य, पूर्व सभासद रबिन्द्र अधिकारी, स्वर्गीय पराजुलीकी धर्मपत्नी शारदा उपाध्याय लगाएतले संयुतm रुपमा सम्मान गरेका थिए । पोखरा एक्सप्रेस पाक्षिकका सम्पादक रहेका स्वगीय उग्रताराको स्मृतिमा स्थापना गरिएको पुरस्कारबाट यसअघि पाल्पाका पत्रकार मेघनाथ शर्मा र कास्कीका कुशुम केशव पराजुलीलाई प्रदान गरिसकिएको छ ।

कमेन्टहरु
Loading...