योजनाको प्रभावकारी अनुगमन नभएकोमा गाउ“वासीद्वारा दुःख प्रकट

पोखरा, २० साउन/भलाम गाविसमा विकास निर्माणका कामहरु प्रभावकारी रुपमा भएपनि प्रभावकारी तरीकाले अनुगमन हुन नसकेकोमा भलामवासीले दुःख प्रकट गरेका छन् । भलाम गाविसद्वारा आयोजित आर्थिक वर्ष २०६८÷०६९ को आयव्यय सार्वजनिक एवं वार्षिक समीक्षा कार्यक्रमका सहभागीले यस्तो दुःख प्रकट गरेका हुन् । उनीहरुले सरकारी तर्फबाट तोकिएको भन्दा बढी रकम बराबरको जनसहभागिता हु“दा पनि स्थानीय निकायबाट त्यसको उचित मूल्यांकन हुन नसकेकोमा आपत्ति प्रकट गरे ।भलाम गाविस वडा नं. २ स्थित वडा नागरिक मञ्चका संयोजक कृष्णबहादुर कार्कीले सरकारको केन्द्रीय योजनामा चक्रपथ निर्माणका नाममा करीब एक करोड रुपिया“ खर्च भएपनि प्रभावहीन भएको बताए । भलामखोला–चण्डी ओरालो बाटोमा स्थानीय बासिन्दाले आफ्नै लगानीमा दशौं लाख रुपिया“ बराबरको काम गरेको तथ्यांक प्रस्तुत गर्दै यति ठूलो काम हु“दा पनि सरकारीस्तरबाट उचित सहयोग पाउन नसकेकोमा दुःख प्रकट गरे । उनले यस्तो कामको स्थानीय निकायबाट उचित मूल्यांकन हुन नसकेकोमा आश्चर्य प्रकट गरे ।
वडा नं. ७ स्थित वडा नागरिक मञ्चका संयोजक देवीराम भण्डारीले स्थानीय निकाय र जनसहभागितामा भए गरेका विकास निर्माणका योजनाहरुमा प्राविधिक एव. योजना अनुगमन तथा निरीक्षण समितिबाट सकृयतापूर्वक काम हुनुपर्ने कुरामा जोड दिए । भलाम गाविसका निवर्तमान अध्यक्ष तेजबहादुर गौतमले गाउ“ परिषद्बाट पारित योजनाहरु कार्य सम्पन्न भए÷नभएको तथा इष्टमेट अनुरुपको काम भए÷नभएको बारेमा चासोपूर्वक हेर्न गाउ“वासीलाई आग्रह गरे ।
गाविसस्तरीय राजनीतिक संयन्त्रका सदस्यहरु नेपाली का“ग्रेस भलामका सभापति सूर्यबहादुर थापा, नेकपा एमाले भलामका अध्यक्ष सूर्यविलाष पौडेल, राप्रपा भलामका अध्यक्ष रमनबहादुर बस्नेतले योजना कार्यान्वन राम्रोस“ग कार्यान्वयन भए÷नभएको बारेमा राम्रोस“ग अनुगमन हुन नसकेको स्वीकार गर्दै गाउ“ विकासका लागि सबै एकजुट भई अघि बढ्नु पर्ने बताए ।
भलाम गाविसका सचिव टीकाराम आचार्यले आगामी दिनहरुमा योजना कार्यान्वयनको प्रभावकारी अनुगमन गरिने बचन दिंदै स्थानीय स्वायत्त शासन अनुसार उपभोक्ताहरुबाटै गठन भएको अनुगमन समितिको क्रियाशीलताको आवश्यकतालाई जोड दिएका थिए । उनले सोही अवसरमा आर्थिक वर्ष २०६८÷०६९को ४५ लाख रुपिया“ बराबरको आय व्यय विवरण पेश गर्नका साथै आर्थिक वर्षमा सम्पन्न भएका विभिन्न योजनाहरुको विवरण सार्वजनिक गरेका थिए ।
 

कमेन्टहरु
Loading...