कांग्रेस सभापति कोइराला भारत जाँदै

२० साउन, काठमाण्डौं । नेपाली कांग्रेसका सभापति सुशील कोइराला आजदेखि भारत भ्रमणमा जानुहुने भएकोछ । भारत सरकारको मैत्रीपूर्ण निमन्त्राणामा उच्चस्तरीय राजनीतिक भेटघाटका लागि उहाँ भारत जानुहुने भएको हो ।
susil-koiralaकोइराला आज अपरान्ह तीन बजेर ४० मिनेटमा एयर इन्डियाको उडानमार्फत नयाँ दिल्ली जाने कार्यक्रम तयभएको छ ।
कोइरालाको नेतृत्वमा रहेको टोलीमा महामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला रहनुहुनेछ । आज साँझ दिल्ली पुगेपछि राजनीतिक भेटवार्ता भोलिबाट मात्रै सुरु हुनेछ । कोइरालाको भ्रंमणलाई भारतले उच्च प्राथमिकता दिएको कांग्रेसले जनाएको छ । कोइराला आज भारत पुगेपछि साउन २५ सम्म दिल्लीमै रहनु हुनेछ । कोइरालाले भोलि प्रधानमन्त्री मनमोहन सिंहसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ ।
यसैगरी मंगलबार कोइरालाले कांग्रेस गठनबन्धन नेतृ सोनिया गान्धी र विदेश मन्त्री सलमान खुसिर्दसँग्ग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ । कोइरालाले उत्तर प्रदेशका मुख्य मन्त्री अखिलेश यादव र विहारका नितिश कुमारलाई आगामी बुधबार तथा बिहीबार दिन बिराएर भेट गर्न जाने कार्यक्रम पनि तय भएको छ ।
भारत भ्रमणका क्रममा कोइरालाले आगामि संविधानसभाको चुनाव सहित नेपालका हितका एजेण्डामा छलफल गर्ने र बाँकेको लक्ष्मणपुर बाँधका विषयमा कुरा उठाउने बताउनु भएको छ । cp. onlinekhabar.com

कमेन्टहरु
Loading...