मंसिर ४ मै चुनाव हुन्छ : नेपाल

क्रान्ति शाह 
madhav-nepal२० साउन, वीरगन्ज । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले मंसिर ४ मै संविधासभाको निर्वाचन हुने दावी गर्नु भएको छ । नेपालले चुनाव र सरकारप्रति असन्तुष्ट नेकपा-माओवादी सहितका दलहरुलाई जसरी भएपनि आगामी निर्वाचनमा सहभागी गराउन आफुहरु लागि परेको बताउनु भयो ।
प्रेस चौतारी नेपाल पर्साले आइतवार वीरगन्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले चुनावको मिति सार्ने र सरकार परिवर्तन गर्ने बाहेक अरु सबै विषयमा असन्तुष्ट दलहरुसंग वार्ता र सहमति गर्न सरकार र मुख्य चार दलहरु तयार रहेको स्पष्ट पार्नु भयो । मुलुकको सबै समस्याको सामाधान चुनावले नै दिने भएकाले मुलुकको अहिलेको आवश्यकता चुनाव नै भएको उहाँको भनाइ छ ।
दलहरुबीच संविधानमा रहेका विवाद र संघीयताका सवालमा अहिले देखि नै छलफल सुरु गर्नुपर्ने नेता नेपालको सुझाव छ । उहाँले भन्नुभयो,’संविधानका विवादित विषयमा अहिले नै छलफल र सहमति कायम गर्न सक्नु पर्छ । अनिमात्रै ६ महिनामा संविधानको पहिलो मस्यौदा र एक वर्षर्मा नया संविधान दिन सकिन्छ ।’  संघीयताका बारेमा नेकपा एमाले प्रष्ट रहेको भन्दै उहाँले पहिचान र सामथ्र्य दुवैलाइ आधार बनाएर राज्यको पुर्नसंरचना गर्नु पर्नेमा जोड दिनु भयो । लोकतन्त्रलाई आघात पुग्ने गरी बोल्ने अधिकार कसैलाइ पनि नभएको भन्दै उहाँले त्यो अधिकार पुर्वराजालाई पनि नभएको स्पष्ट पार्नु भयो । cp. onlinekhabar.com

कमेन्टहरु
Loading...