भन्सार छलेको समानसहितको ट्रक पक्राउ गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय पर्सा र सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालय वीरगन्जका प्रहरीबीच शुक्रबार राति झडप भएको छ। वीरगन्जको भन्सारबाट जाँचपास भई निस्किएको ना२ख ४९२ नम्बरको ट्रकलाई वीरगन्जको रजतजयन्ती चोकमा नेपाल प्रहरीले नियन्त्रणमा लिन खोज्दा सशस्त्र प्रहरीसँग झडप भएको हो। भन्सारबाट बाहिरिएको ट्रकमा ५० प्रतिशतभन्दा बढी भन्सार छलेको समान रहेको सूचनाको आधारमा ट्रकलाई प्रहरीले नियन्त्रणमा लिन खोज्दा झडप भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक वासुदेव खतिवडाले जानकारी दिए। झडपमा जिल्ला प्रहरी कार्यालयका एक प्रहरी निरीक्षकसहित दुई जना घाइते भएको प्रहरी नायब उपरीक्षक खतिवडाले बताए। यसैगरी, वडा प्रहरी कार्यालय विर्ताले ट्रकको केबिन नजिकै बनाइएको गोप्य ठाउँमा लुकाइएको २० पोका कपडा नियन्त्रणमा लिएको छ।
वीरगन्जको नयाँ बसपार्कबाट नियन्त्रणमा लिइएको ट्रकबाट ना२ख ७१९७ र ना२ख २७८४ को नम्बर प्लेट बरामद भएको वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरीक्षक रविन्द्रनाथ पौडेलले बताए। – See more at: http://setopati.com/samaj/2905/#sthash.uVNLq7HT.dpuf
