मंसिर चारमा निर्वाचन हुनुपर्छ–उपराष्ट्रपति झा

सागर राज तिमिल्सिना
पोखरा, १९ साउन/उपराष्ट्रपति परमानन्द झाले आगामी मंसिममा संविधान सभा निर्वाचन हुनुपर्ने बताएका छन् । मंसिर चार गते संविधान सभाको निर्वाचन हुनै पर्नेमा उपराष्ट्रपति झाले जोडदिए । जोर्ज जोन शिक्षा प्रतिष्ठानले पोखराको पृथ्वीनारायण क्याम्पस हाताभित्र निर्माण गरेको क्लक टावर तथा १७ औ साधारण सभाको उद्घाटन एवं शिक्षासेवीहरुको सम्मानपछि संचारकर्मीहरुसंग सक्षिप्त कुराकानी गदै उपराष्ट्रपति झाले चुनाव हुनु पर्नेमा जोड दिएका हुन् ।
IMG_4804सवै दललाई समेटेर निर्वाचनमा जानुपर्नेमा जोड दिदै उनले असन्तुष्ट दलहरु वार्तामा आउर्ने कुरा सकरात्मक भएको बताए । उनले निर्वाचनको विरोधमा रहेका दलहरु छलफल र वार्तामा आउनु निर्वाचनको लागी सकरात्मक भएको बताए । असन्तुष्ट दलहरु निर्वाचनमा सहभागि नभएपनि निर्वाचन गर्नु पर्ने बताए । उपराष्ट्रपति झाले सवैलाई सहभागि गराउनुपर्छ तर सवै निर्वाचनमा आउछन् भन्ने भएको बताउदै कुनै पनि देशमा सयमा सय प्रतिशत मतदान नहुने बताए ।
यसैविच कार्यक्रममा शिक्षा क्षेत्र र सामाजिक क्षेत्रमा अतुलनीय योगदान पुयाएका पाँच जना विभिन्न ब्यक्तिहरुलाई सम्मान गरिएको थियो । रुपन्देहीका डा.नागेन्द्र श्रीवास्तव, पोखराका प्रेमराज पहारी, पोखराकै चित्राङग सिग्देल, मुस्ताङका ज्योति भटटचन र लम्जुङका सुर्यबहादुर केसीलाई शिक्षा क्षेत्रमा पुयाएको योगदानको कदर गदै सम्मानपत्र सहित दोसल्ला ओढाएर उपराष्ट्रपति झाले सम्मान गरे । त्यसै गरि कार्यक्रममा एसएलसी परिक्षा २०६९ सालमा कास्कीबाट सर्वौक्कृष्त अ्रक ल्याउने छात्र÷छात्रा, उच्चमावि, पोखरा विश्वविद्यालय,चिकित्साशास्त्रमा सर्वोत्कृष्ट अक ल्याउने विद्यार्थीलाई नगद तिन÷तिन हजार छात्रबृत्ति प्रदान गरिएको थियो ।
 

कमेन्टहरु
Loading...