संघीय समाजवादी र संघीय लिम्बुवानवीच एकता

१९ साउन, धरान । अशोक राई नेतृत्वको संघीय समाजवादी पार्टी र लोकसागर सम्बा नेतृत्वको मञ्च सम्वद्ध संघीय लिम्वुवान राज्यपरिषदवीच शनिबार धरानमा पार्टी एकता भएको छ । धरानको भानुचौकबाट र्‍यालीसहित धरान सभागृहमा पुगेर पार्टी एकताको घोषणा गरिएको हो । पार्टी एकता घोषणा कार्यक्रममा संघीय समाजवादीका नेता रकम चेम्जोङ र रिजवान अन्सारीसमेत सहभागी हुनुभएको छ ।
sanghiya
कुमार लिङदेन नेतृत्वको संघीय लिम्बुवान राज्य परिषदबाट गत पुषमा अलग भएको साम्बाको समूह संघीय समाजवादीमा समाहित भएको हो । आफ्नो दलमा आवद्ध साम्बालाई संघीय समाजवादीले केन्द्रीय सदस्य बनाउने भएको छ ।
लिङ्देनले बेलायत भ्रमणबाट फर्केर बेलायती मोडेलको संघीयता मान्ने घोषणा गरेपछि आफूहरुले सो पार्टीबाट विद्रोह गरेको साम्बाले अनलाइनखबरलाई बताउनुभयो । ‘लिङ्देनले राजतन्त्रसहितको संघीयता मान्ने बताउनुभयो, हामी गणतन्त्रवादी भएकाले विद्रोह गरी संघीय समाजवादीमा प्रवेश गरेका हौं ।’ उहाँले भन्नुभयो ।
कुमार लिङ्देनको संघीय लिम्बुवान राज्यपरिषद यतिबेला मोहन वैद्य नेतृत्वको ३३ दलीय मोर्चामा आवद्ध छ । साम्बाले लिङ्देनलाई राजावादी भएको आरोप लगाए पनि मोर्चाभित्र वैद्य समूहले पूर्वराजावादीसँग सहकार्य गर्ने भनेकोमा लिङदेनको पार्टीले समेत आपत्ति जनाउँदै आएको छ । cp. onlinekhabar.com

कमेन्टहरु
Loading...