कविता मञ्चनसंगै ‘हिउँ फुल्ने गाउँहरु’ विमोचन( फोटो फिचर सहित)

सागर राज तिमिल्सिना
पोखरा, १९ साउन/पोखराको ईतिहासमै पहिलोपटक कविता–मञ्चन भएको छ । मञ्चन गरिएको कवितालाई पोखरेलीले निकै मन पराए । कवि तथा नाटककार कृष्ण उदासीको नवौँ कृति ‘हिउँ फुल्ने गाउँहरु’को विमोचनसंगै भएको कविता मञ्चनलाई हेरिसकेपछि धेरैले पोखरेली रंगमञ्चले एउटा भिन्न शैली अपनाएको प्रतिक्रिया दिए । शनिबार विमोचित कवितासंग्रह ‘हिँउ फुल्ने गाउँहरु’ मै समावेश दुई कविता ‘आमाको मुच्र्छना’ र ‘स्मृति’लाई निर्देशक पुरु लम्सालले नाटकमा रुपान्तरण गरेका थिए ।
IMG_4735युथ क्रियशन थिएटरको दोस्रो प्रस्तुतीमा भएको कविता मञ्चनमा रेम बिक, कपिल शर्मा ‘संजोग’, विभु भुषाल, मनोज घर्तीमगर, निरज पन्त, सन्ध्या अधिकारी, लिला गुरुङ, राधा बस्नेत, विष्णु सुवेदी लगाएतका कलाकारहरुले अभिनय गरेका थिए । सम्मोहन साहित्यिक पत्रिकाको आयोजनामा भएको कृति विमोचन तथा कविता मञ्चन कार्यक्रममा काठमाण्डौबाट आएका साहित्यकार श्यामलले कविता र नाटकको फ्युजनबाट दुईवटै विधालाई उत्तिकै जम्न सघाउ पुगेको बताए ।
‘कविता रह्यो भने मात्र कवितामा यस्ता नौला प्रयोगहरु देख्न पाईन्छ ।’ कविता संग्रह विमोचन गर्दै उनले भने–‘त्यसैले कविताका शैलीलाई मात्र ध्यान दिनुको साटो कविता जोगाउनका लागि सबैजना लाग्नुपर्ने बेला आएको छ ।’ आफैले आफैलाई भुल्न सक्ने व्यक्तिमात्र कवि हुन सक्ने बताउँदै कवि श्यामलले सस्तो लोकप्रियताको लागि कसैले पनि कविता लेख्न नहुने बताए ।
IMG_4775साहित्यका सरुभक्तले कविता र नाटकको फ्युजन गराएर कृष्ण उदासीले आफ्नो परिचयलाई निकै बलियो बनाएको टिप्पणी गरे । ‘नाटक र कविता दुवै विधा उदासीसंग जोडिएका विधा हुन् ।’ उनले भने–‘यी दुवैलाई संयोजन गराएर उनले आफ्नो परिचयसंग दुवै विधालाई एकैचोटी जोडे ।’ युथ क्रियशन थिएटरको दोस्रो प्रस्तुती रहेको कविता मञ्चन कार्यक्रम पोखराको ईतिहासमा पहिलोपटक भएको र यो सफल रहेको उनले बताए । त्यस्तै प्राज्ञ हरिदेवी कोईरालाले उदासीको ‘हिँउ फुल्ने गाउँहरु’ एउटा सुन्दर कृति भएको बताईन् ।
IMG_4780कृतिकार उदासीले कविको रुपमा आफुले ‘हिउँ फुल्ने गाउँहरु’ भिन्न शैलीमा लेखेको बताए । पद्य, गद्य र लोकछन्दमा लेखिएका कविताहरु विशेषगरि भाव र लयमा ध्यान दिएर लेखेको उनले बताए । कवितासंग्रहमा पचास र साठीको दशकमा लेखिएका कविताहरु पनि समावेश गरेको उनले सुनाए । विमोचन कार्यक्रममा कृतिको समिक्षा गर्दै समिक्षक सुरेश रानाभाटले कविको रुपमा ‘हिँउ फुल्ने गाउँहरु’बाट उदासीले सामाजिक परिस्थितीलाई कलात्मक तवरबाट प्रस्तुत गरेको बताए । ‘प्रतीकात्मक रुपमा उनले आफ्नै वरिपरी र परिवेशलाई कविताको शब्दहरुमा बुनेका छन् ।’ समिक्षक रानाभाटले भने–‘अघिल्ला कृतिहरुभन्दा उनी यो कृतिमा फरक शैलीमा प्रस्तुत भएका छन् जुन कुराले उनलाई अझै बढि प्रतिभावान देखाएको छ ।’

कमेन्टहरु
Loading...