कविता मञ्चनको तयारी पूरा

पोखरा, साउन १८ गते/सम्मोहन साहित्यिक पत्रिका, पोखराद्वारा प्रकाशित कवि एवम् नाटककार कृष्ण उदासीको नवौं कृति हिउँ फुल्ने गाउँहरु (कवितासङ्ग्रह)को लोकार्पण कार्यक्रमको तयारी पूरा भएको छ ।
सो अवसरमा युथ क्रियशन थिएटर, पोखराको विशेष प्रस्तुतीमा पोखरामै पहिलो पटक कविता–मञ्चन कार्यक्रमसमेत आयोजना गरिएको थिएटरका अध्यक्ष एवम् सम्मोहनका सम्पादक कपिल शर्मा ‘सञ्जोग’ले बताउनुभयो । युवा नाट्यकर्मी पुरु लम्सालले निर्देशन गर्नुभएको कविता मञ्चनमा कवि उदासीकै कवितासङ्ग्रहबाट २ वटा कविताहरु मञ्चन गरिने बताइएको छ ।
शनिबार बिहान ८ लिचिबोट पार्टी प्यालेस, गैह्रापाटनमा हुने कार्यक्रमका लागि चर्चित कवि श्यामल प्रमुख आमन्त्रित व्यक्तिका रुपमा आउनुभएको छ भने मधुवन साहित्य प्रतिष्ठानका अध्यक्ष बाबु त्रिपाठी र कवि राजिन पनेरु पनि पोखरा आइसक्नुभएको सम्पादक अल्पज्ञानीले जनाउनुभयो ।
गत हप्ता मात्र आफ्नो प्रवेशाङ्क लोकार्पण गरेको सम्मोहनले पत्रिका प्रकाशनका अलावा अन्य साहित्यिक कृति प्रकाशनका साथै अन्तरक्रिया र सामयिक साहित्यिक कार्यक्रम पनि गर्ने प्रकाशक तथा प्रधान सम्पादक रुपिन्द्र प्रभावीले जनाउनुभयो ।
 

कमेन्टहरु
Loading...