कास्कीको पुम्दीभुम्दी गाविसमा वाषर््िाक समीक्षा तथा सार्वजनिक सुनुवाई

साउन १८ गते /कास्कीको पुम्दीभुम्दी गाँउ विकास समितिमा गाविसको योजना निर्माण तथा वजेट वाँडफाँडमा केन्द्रित वार्षिक समीक्षा तथा सार्वजनिक सुनुवाई शुक्रवार गाविस कार्यालयमा भएको छ । गाविसको आयोजना तथा टि.आई नेपालसंग आवद्ध संस्था सुशासनका लागि नागरिक समाज (सुनास) कास्कीको सहकार्यमा भएको कार्यक्रममा स्थानिय नागरिकहरुले गाविसका योजना तथा विकास निर्माणका विभिन्न पक्षका विषयमा आफ्नो भनाई राखेका थिए ।
गाँउ विकास समितिका सचिव गुरुप्रसाद पौडेलले गाँउ विकास समितिले आर्थिक वर्ष २०६९÷०७० मा संचालित योजना तथा वजेट वाँडफाँडका वारेमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । वार्षिक समीक्षा तथा सार्वजनिक सुनुवाईमा सचिव पौडेलले योजना छनौट तल्लो तहवाट नै हुने गरेको वताउनुभयो । साथै उहाँले गाविसको निर्देशिका अनुसार नै सीमित स्रोत र साधनको उपयोग गर्दै गाविसका विकास निर्माण गतिविधि संचालन गरिएको जानकारी दिनुभयो । उहाँले विगतमा भएका कमीकमजोरी सुधार्ने तथा वजेट वाँडफाँड र योजना निर्माण पछिको अनुगमन अवदेखि सुधार गर्ने प्रतिवद्धता राख्नुभएको थियो ।
सुनास कास्कीका अध्यक्ष पुण्य पौडेलले सदाचार, पारदर्शिता, जवाफदेहिता र सुशासनका लागि कास्की जिल्लामा पनि एलाक डिपी कार्यक्रम सुरु गरिएको जानकारी दिनुभयो । स्थानिय निकायको पारदर्शिता र जवाफदेहिता वृद्धि गर्नका लागि लागि नागरिकको खवरदारी आवश्यक रहेको धारणा उहाँले राख्नुभयो । सार्वजनिक सुनुवाई कार्यक्रममा स्थानिय राजनीतिक पार्टीका नेता तथा प्रतिनिधीहरुले गाविसमा भएका कमीकमजोरी सुधार गर्ने तथा विनापूर्वाग्रह काम गर्ने प्रतिवद्धता समेत राखेका छन् ।
एकीकृत नेकपा माओवादी पुम्दीभुम्दीका अध्यक्ष नवराज वरालले जनप्रतिनिधी नभएको कारण पनि स्थानिय निकायको विकास र वजेट पारदर्शी हुन नसकेको भन्दै उहाँले विकास निर्माण प्रक्रिया प्रभावकारी वनाउन अनुगमनामा जोड दिने प्रतिवद्धता राख्नुभयो । उहाँले विकास निर्माण तथा अन्य भौक्तिक निर्माणका पूर्वाधारमा कुनै दलिय भागवण्डा नभएको र सुधारका लागि आफ्नो पार्टी प्रतिवद्ध रहेको जानकारी दिनुभयो । नेपाली कांग्रेसका प्रतिनिधि धनन्जय वरालले आफुहरुले गाविसमा योजना छनौट तथा वजेट वितरणमा निर्देशिका भन्दा वाहिर नगएको र थोरै वजेट धेरै माग भएको कारण पनि समस्या आएको वताउनुभयो ।
नेकपा एमालेका अध्यक्ष झलकप्रसाद वरालले दलहरु गाविसमा अधिकार विहीन भएको तर आफुहरुलाई काम गर्नका लागि अधिकार सम्पन्न वनाईनुपर्ने धारणा राख्नुभयो । योजना सम्पन्न भएपनि सवैको प्रभावकारी अनुगमन गरेर मात्रै रकम भुक्तानी गर्ने परीपाटीको विकास तथा नागरिक खवरदलारी पनि आवश्यक रहेको उहाँले दावी गर्नुभयो ।
पुम्दीभुम्दी गाविसका सचिव गुरुप्रसाद पौडेलको अध्यक्षमा भएको कार्यक्रमको संचालन टि.आई÷सुनासका कार्यक्रम अधिकृत भानुभक्त पराजुलीले र स्वागत गाविस सहायक रामप्रसाद पौडेलले गर्नुभएको थियो ।

कमेन्टहरु
Loading...