नेपालमै पहिलोपटक मिस दलित हुन

पोखरा १८ साउन । नेपालमै पहिलोपटक मिस दलित हुने भएको छ । नेपाल राष्ट्रिय दलित सामाज कल्याण संघ कास्कीको आयोजनामा पहिलो मिस दलित हुन लागेको हो । दलित युबतीहरुको प्रतिभा प्रष्फुटन गराउने उद्देश्यले आयोजित प्रतियोगिता ट्रेनर नेपालको सहकार्यमा हुन लागेको हो ।
पोखरा सहित काठमाण्डौ, बाग्लुङ, धरानमा अडिसन गरी छानिएका २५ जना प्रतियोगितालाई एक महिने तालिममा सहभागि गराईने संयोजक निसा सुनारले बताईन् । प्रतियोगिताको फाईनल असोज १९ गते हुने आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईएको हो ।
प्रतियोगितामा सहभागिताको लागि आजैेखि फर्म खुल्ला गरिएको आयोजकले जनाएको छ । सहभागिताको लागि २ सय रुपैया शुल्क तिर्नुपर्नेछ । प्रतियोगितामा एसएलसि उर्तिण भएका १६ देखि २९ बर्ष उमेर समुहका ५ फिट उचाईका दलित युवतिले सअभागिता जनाउन पाउने सुनारले बताईन् । प्रतियोगिता सम्पन्न गर्न १० लाख खर्च अनुमान गरिएको छ । प्रतियोगिताबाट बचेको रकम जनजागरण प्राबि लाचोकलाई प्रदान गरिने आयोजकले बताएको छ ।

कमेन्टहरु
Loading...