जलकुम्भी हटाउन ब्यबस्त छन् ब्यबशायी

पोखरा १८ साउन । जलकुम्भी झारले फेवातालको सौन्दर्यता हराउदै जान थालेपछि पर्यटन संबद्ध बिभिन्न संघ संस्थाहरुले तालबाट झार निकाल्ने कामलाई तिब्रता दिएका छन् । तालको कुरुपता हटाउन दिनहु जलकुम्भी झार निकाल्ने अभियान सुरु भएको छ ।
ट्रेकिङ ईक्युप्मेन्ट सप एसोसिएसन टेसाको आयोजनामा आज ८ ट्रक जलकुम्भी झार निकालिएको छ । क्याम्पिङ चोक नजिक स्विमिङ पुल आसपासबाट आज बिहान जलकुम्भी झार निकालिएको टेसा पोखराका सचिब नारायण सुबेदीले बताए । झार निकाल्ने काममा ५० जना शसस्त्र प्रहरी, नेपाल प्रहरी स्थानिय क्लब, पर्यटन ब्यबशायी तथा टेसाका पदाधिकारीहरु सहभागि थिए ।
प्रत्येक बर्ष बर्षायाममा जलकुम्भीले फेवाताललाई ढाकेपनि यसको दिर्घकालिन समाधानको उपाय निस्कन सकेको छैन । झार ब्यबस्थापनकै लागि बार्षिक लाखौ रुपैया खर्च भएपनि यसको सहि ब्यबस्थापनको उपाय नहुदा फेवातालको सौन्दर्य घट्दै गएको छ ।
ताल जलकुम्भीले ढाकेपछि दैनिक ढुङ्गा सयर गर्न समेत समस्या भएको ब्यबशायीहरुले बताएका छन् । टेसा पोखराका अध्यक्ष नबराज अधिकारीले झार ब्यबस्थापनको लागि सरोकारवालाहरु गम्भिर नभए तालको अस्तित्वनै संकटमा पर्ने बताए । फेवातालबाट बर्षेनी सयौ ट्रक नलकुम्भी निकालिदै आएपनि झरले ताललाई ढाक्ने क्रम झनै बढेको छ ।

कमेन्टहरु
Loading...