नाट्टाको प्रवद्र्धन टोली नयाँदिल्लीमा

नयाँदिल्ली (भारत), साउन १७/पोखरा भित्रिने भारतीय पर्यटकको संख्या बढाउने उद्देश्यले नेपाल एशोसिएसन अफ टुर्स एण्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) को प्रवद्र्धन टोली भारतको नयाँदिल्ली पुगेको छ । टोली विहीबार बेलुकी दिल्ली पुगेको हो । भारतका विभिन्न सहरमा प्रवद्र्धनात्मक अभियान चलाउन उक्त टोली साताब्यापि कार्यक्रम संचालन गर्ने तयारीका साथ आएको नाटाका अध्यक्ष केदार शर्माले जानकारी दिए । शर्माका अनुसार भारतको मुम्बई र गोवामा हुन गईरहेको प्रवद्र्धनात्मक अभियानमा पोखराका पर्यटन व्यवसायी सहित संचारकर्मीको समुह छ । टोली विहीबार बिहान पोखराबाट हिडेको थियो । पत्रकार महासंघ कास्कीका अध्यक्ष बद्रिबिनोद प्रतिकले प्रवद्र्धनमा हिडेका व्यवसायी र संचारकर्मीलाई लाई बिदाई गरेका थिए ।
शर्माका अनुसार टोलीले मुम्बई र गोवामा प्रत्रकार सम्मेलन, त्यहाँका पर्यटन व्यवसायीसँग अन्तरक्रिया, भेटघाट एवं छलफल गर्नेछ । ‘प्रत्येक कार्यक्रमस्थलमा नेपाल सहित पोखरा र आसपासका पोखरामा भारतीय पर्यटकको आगमन बढाउन सकिन्छ ।’ पोखरा आउने कतिपय पर्यटक गोवातिर जाने भएकोले पनि उनीहरुलाई आकर्षण गर्न यस्तो प्रवद्र्धनात्मक कार्यक्रम गरिन लागेको उनले बताए । टोलीमा नेपाल पर्यटन बोर्ड, पोखरा पर्यटन परिषद, पोखरा उद्योग बाणिज्य संघ, पश्चिमाञ्चल होटल संघ, रेवान, टान, एगा, टेसाका पदाधिकारी सहित पत्रकार सहितको टोली छ । यसमा नाट्टा र पर्यटन बोर्डका केन्द्रीय पदाधिकारी पनि सहभागि छन् ।
 

कमेन्टहरु
Loading...