आयल निगम गगनगौंडा डिपो प्रमुखको विदाई तथा स्वागत

साउन १५÷लेखनाथ/गण्डकी धौलागिरी पेट्रोलियम डिलर्स एशोसियशनले नेपाल आयल निगम गगनगौंडा इन्धन डिपोको प्रमुखका रुपमा सरुवा भै आएका खिलेन्द्र कार्कीलाई आज एक कार्यक्रमका विच स्वागत गरेको छ । यसैगरी सोही कार्यक्रममा गगनगौंडा डिपाको प्रमुखमा कार्यरत रही त्यहाँबाट सरुवा भै गुणस्तर नियन्त्रण कार्यालय काठमाण्डौं सरुवा भएका भुवन रेग्मीलाई विदाई समेत गरिएको छ ।
कार्यक्रममा रेग्मीलाई विदाई गर्दै एशोसियशनका सदस्यहरुले पेट्रोलियम पदार्थको असहज अवस्थामा पनि व्यवसायी र उपभोक्ताको हितमा काम गरेको भन्दै प्रसंसा गरेका थिए । उनिहरुले रेग्मीको दुई बर्षे कार्यकालमा यस क्षेत्रका उपभोक्ताले पेट्रोलियम पदार्थको असहजता कहिल्यै महसुस गर्न नपाएको उल्लेख गरे । उनिहरुले रेग्मीलाई जहाँ रहेपछि पोखरेलीको समसाथ संझिरहन आग्रह गरेका थिए । विदाई कार्यक्रममा वोल्दै रेग्मीले आफुले पोखरा वस्दा व्यवसायी, प्रशासन, मिडिया र आम उपभोक्ताको सहानुभूति पाएको उल्लेख गरे ।
यसैगरी नयाँ कार्यालय प्रमुख भएर आएका कार्कीले व्यवसायीसँग सहकार्य गरेर अघि वढ्ने उल्लेख गरे । उनले बजारको माग अनुसार पेट्रोलियम पदार्थको आपूर्ति सहज गर्न प्रयास गर्ने, इन्धन डिपोलाई व्यवस्थापकिय हिसावले सुधार गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका थिए ।
गण्डकी धौलागिरी पेट्रोलियम डिलर्स एशोसियशनका अध्यक्ष शुशिल गौचनको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय द्धितिय उपाध्यक्ष कपिल अधिकारी, केन्द्रिय सदस्य शुनिल गुरुङ, एशोसियशनका सल्लाहकार एवं लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष सुमन भट्टराई, संघका निवर्तमान अध्यक्ष जगत बराल, पूर्व अध्यक्ष एवं सल्लाहकार नविन बराल, टयांकर व्यवसायी समितिका अध्यक्ष सुरेन्द्ररमण पराजुली, एशोसियशनका महासचिव राजन गोंगजु लगायले पेट्रोलियम क्षेत्रमा रहेका समस्याहरुलाई समाधान गरेर अघि वढ्न सुझाव दिएका थिए ।
 

कमेन्टहरु
Loading...