काक्रेविहार आन्दोलन स्थगित गर्नुहोस : रेग्मी

काँक्रेविहार घटनालाई लिएर शुरू गरिएको दोस्रो चरणको आन्दोलन स्थगित गर्न अन्तरिम मन्त्रीपरिषदका अध्यक्ष खिलराज रेग्मीले अनुरोध गरेका छन् ।
दोस्रो चरणको आन्दोलन शुरू गरेका सरोकार समूहलाई सोमबार भेटी अध्यक्ष रेग्मीले आन्दोलन स्थगित गर्न अनुरोध गरेका हुन् ।
काक्रेविहार घटनालाई सरकारले गम्भिर रुपमा लिएको भन्दै अध्यक्ष रेग्मीले यस विषयमा मन्त्रिपरिषदमा छलफल गर्ने बताए । ‘म मन्त्रीपरिषद बैठकमा छलफल गर्नेछु आन्दोलन स्थगित गर्नुहोस् ।’ उनले भने । सोमबार बिहान नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष नगेन्द्रकुमार कुमाललगायत काक्रेविहार सरोकार समिति र अन्तरिम मन्त्रिपरिषदका अध्यक्ष रेग्मी तथा गृहमन्त्री माधव घिमिरेबीच क्राक्रेविहार घटनाका विषयमा कुराकानी भएको थियो ।
काक्रेविहार घटनाका विषयमा सरकोरवाला मन्त्रालयसँग छलफल गर्ने अध्यक्ष रेग्मीले भेटमा बताए ।
अध्यक्ष रेग्मीले आन्दोलन स्थगित गर्न भने पनि मन्त्रिपरिषदबाट आफ्ना मागको सुनुवाई नभएसम्म आन्दोलनलाई निरन्तरता दिने काक्रेविहार संयुक्त सरोकार समितिले बताएको छ । ‘हाम्रा मागहरु मन्त्रीपरिषदबाट निर्णय नभएसम्म आन्दोलन जारी राख्नेछौं ।’ सरोकार समितिका संयोजक फुपु छेम्पे शेर्पाले बताए ।
पहिलो चरणको आन्दोलनबाट बुद्धको मूर्ति स्थापना गर्ने विषयमा सरकारको कुनै प्रतिक्रिया नआएपछि काक्रेविहार संयुक्त सरोकार समितिले दोस्रो चरणको आन्दोलन शुरू गरेको हो । सरकारले धार्मिक सहिष्णुता विथोल्न खोजेको भन्दै सरोकार समितिले साउन ७ गतेदेखि १२ गतेसम्म आन्दोलनका कार्यक्रम सार्बजनिक गरिसकेका छन् भने साउन १५ गते मंगलबार विहान ९ः०० बजेदेखि ११ः०० बजेसम्म सिंहदरबार तथा सुर्खेत जिल्ला प्रशासन कार्यालय घेराउ कार्यक्रम समेत राखेका छन् ।

– See more at: http://setopati.com/samaj/2807/#sthash.H5394VVH.dpuf

कमेन्टहरु
Loading...