अमेरिकामा खुल्यो प्रेमी कला केन्द्र

डिसी महानगर क्षेत्रको भर्जिनियामा नेपालका ख्यातिप्राप्त लोकगायक प्रेमराजा महत तथा प्रसिद्ध गायिका मिरा राणाको दुवैको पहिलो नामको अक्षरबाट संयुक्त रुपमा संगीत पाठशाला ‘प्रेमी कला केन्द्र’ को औपचारिक सुरु भएको छ l दिन प्रतिदिन नेपाली समुदायको जनघनत्व वृद्धि भइरहेको र नेपाली मूलका समुदाय गीत तथा संगीतप्रति अभिरुचि बढ्दै गएको हुँदा नेपाली समुदायको संगीत बिद्यालय खोलिएको जानकारी प्रेमी कलाकेन्द्रका लोकगायक प्रेम राजा महतले दिए ।  
उनले थप जानकारी गराउँदै यस विद्यालयमा नाटक, संगीत, नृत्य सबै विषय समेट्ने प्रयास रहने बताए । मिरा राणा तथा आफूले नेपालमा पनि संगीत कला केन्द्र खोलेको जानकारी गराउँदै उनले भने, ‘उहाँ गायन क्षेत्रकी जिउँदो इतिहास हो, उहासँग संयुक्त रुपमा यो खोल्न पाउनु अहोभाग्य हो ।’ प्रेमी कलाकेन्द्र सबै जात, धर्म, भाषा अटाउने शिक्षालय हो भन्दै सहयोगको लागि आग्रहसमेत उनले गरे । नेपाली राजदूत शंकरप्रसाद शर्माले खुशी व्यक्त गर्दै शुभकामना दिए ।
कार्यक्रमको शुभारम्भ उक्त बिद्यालयका गायिका तथा प्रशिक्षक मिरा राणाको अगुवाइमा परीक्षार्थीहरुको साथमा ओम गुरु देवाय भन्दै ‘हैन भने नेपाली न भन’ भन्ने स्वर्गीय गोपाल योञ्जनको गीतबाट भएको थियो । पाकिस्तानी मूलका अमेरिकी परीक्षार्थी सैयद महमद अलिले पनि नेपाली राष्ट्रिय गीतमा साथ दिएका थिए भने नवगायिका मंजु संग्रौलासँग मिलेर तामाङ सेलो ‘नाची देउ डम्फुको तालैमा गीत’ गाउँदा दर्शक रोमाञ्चित भएका थिए । उनले परीक्षार्थीका तर्फबाट भने, ‘संगीत जो कसले पनि सिक्न सक्छ, मिरा अद्वितीय कलाकार हुन् र मैले धेरै कुरा सिक्ने मौका पाएँ ।’
कार्यक्रममा बिभिन्न संघ तथा संस्थाको तर्फबाट शुभकामना व्यक्त गरेका थिए भने नायक रमेश उप्रेती तथा हास्य कलाकार रतन सुबेदीले पनि शुभकामना दिएका थिए l संगीत प्रशिक्षार्थी नेपाल थापाले ‘कति रोदी घरमा रातभरि’ गीत गएका थिए l खेम संग्रौला तथा मंजु संग्रौलाले ‘हे कान्छा… बैस जान लाग्यो… ‘ ‍भन्ने गीत गाउदा कर्तलध्वनिले कोठा गुन्जिएको थियो भने आनन्दु लामाले बाँसुरीको धूनमा असारै महिनामा पानी पर्यो रुझाउने बजाएका थिए । भर्जिनियाका लेखा परीक्षक हरि शर्मा तथा ब्यबसायी लोकनाथ तिवारी प्रेमी कला केन्द्रका गुठी संचालक समितिमा रहेको जानकारी गराइएको थियो ।
– See more at: http://setopati.com/kala/2808/#sthash.x78DSdWv.dpuf
कमेन्टहरु
Loading...