बिबिसी नेपाली सेवा बिहान पनि

बिबिसी नेपाली सेवाले यही बिहीबारदेखि बिहान पनि कार्यक्रम प्रसारण गर्ने भएको छ। नेपाली सेवाले हरेक बिहान सवा ७ देखि १५ मिनेटको कार्यक्रम सुरु गर्न लागेको बिबिसीले जनाएको छ।
नेपालमा बिबिसी नेपाली सेवा काठमाडौंस्थित बिबिसी १०३ एफएम र देशभर फैलिएका २ सय ६० भन्दा बढी एफएम स्टेशनमार्फत सुन्न सकिन्छ। बिबिसीले सोमबार जारी गरेको विज्ञप्तिअनुसार नेपाली सेवाको बिहानको कार्यक्रमले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समाचारलाई बृहत रुपमा समेट्ने छ। यसमा संक्षिप्त समाचार, फिचर, विश्लेषण र अन्तर्वार्तासहितका सामग्री प्रसारण गरिनेछन् ।
‘रेडियो कार्यक्रमको यो विस्तारले स्रोतासमक्ष गुणस्तरीय समाचार तथा सूचना पुर्‍याउने हाम्रो प्रतिबद्धता दर्शाउँछ,’ बिबिसी नेपाली सेवाका सम्पादक रवीन्द्र मिश्रले भने।
बिबिसी नेपाली सेवाले साताका ६ दिन नियमित प्रसारण गर्दै आएको ३० मिनेटको र आइतबार बिबिसी मिडिया एक्सनसँग मिलेर उत्पादन गरिएको बहस साझा सवालसहितको एक घन्टाको कार्यक्रममा अब बिहानको प्रसारण थपिएको हो।
काठमाडौंस्थित बिबिसी १०३ एफएमले विश्व सेवाका कार्यक्रम अंग्रेजीमा समेत प्रसारण गर्छ। – See more at: http://setopati.com/samaj/2809/#sthash.tGDorTDd.dpuf
कमेन्टहरु
Loading...