रोटरी क्लव अफ पोखरा न्यूरोडद्धारा कम्प्यूटर प्रदान

पोखरा, १४ साउन रोटरी क्लव अफ पोखरा न्यूरोडको वार्षिक कार्य योजना अन्र्तगत दुर्गममा अवस्थित विभिन्न विद्यालयलाई कम्प्यूटर प्रदान गर्ने कार्यक्रम अन्र्तगत पर्वत जिल्ला कार्किनेटा  स्थित अन्नपूर्ण उच्च माध्यामिक विद्यालयलाई दुई थान कम्प्यूटर एवम अन्य पाठ्य सामग्रीहरु वितरण गरेको छ । हस्तान्तरण समारोह विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वावुराम शर्माको सभापतित्वमा भएको थियो । हस्तान्तरण गर्न क्लवका अध्यक्ष सुवास सिग्देलको नेतृत्वमा सचिव पुष्पकमल पौडेल, कोषाध्यक्ष टुवराज वास्तोला, निर्देशक पशुपति शर्मा, जनसम्पर्क सभापति प्रेम प्रसाद शर्मा, आर सि सि संयोजक भेकेन्द्र श्रेष्ठ, पर्यटन व्यवसायी शुशील पौडेल एवम विद्यालयका पूर्व विद्याथी श्री डिल्ली प्रसाद शर्मा विद्यालय पुगेका थिए , उहाँहरुलाई विद्यालयका छात्रछात्राहरुद्धारा पुष्पमाला एवँ गुच्छाद्धारा भव्य स्वागत गरिएको थियो ।
ार्यक्रममा क्लवका अध्यक्षले दुर्गम स्थानका विद्यालयहरुलाई यसरी नै विभिन्न भौतिक सामग्रीहरु प्रदान गर्दै सहयोग गर्ने क्लवको निति भएकोले यस विद्यालयमा आएको जानकारी दिनु भयो साथै आगामी दिनहरुमा पनि क्लवका तर्फवाट सक्दो सहयोग गर्ने वचन समेत दिनु भएको थियो । सोही कार्यक्रममा कम्प्यूटर प्रदान गर्नुहुने रो प्रेम प्रसाद शर्माले आफू यसै विद्यालयमा अध्ययन गरेको एवम विद्यालयमा पढने भाइ वहिनीहरुको चारित्रिक निमार्णकार्यमा सरिक हुनका लागि रोटरी क्लव मार्फत सहयोग गरेको जानकारी दिनु भयो ।
विद्यायलका प्राचार्य कृष्ण प्रसाद शर्माले रोटरी क्लव अफ पोखरा न्यूरोडद्धारा प्रदान गरिएको कम्प्यूटरद्धारा यसै वर्ष देखि शुरु भएको कक्षा ६ का विद्याथीहरुको ख्यअबतष्यलब िऋबिकक का लागि महत्वपूर्ण हुने र उनीहरुको दक्षता अभिवृदी हुने भनाई राख्नु भयो । अन्तमा समारोहका सभापति एवम विद्यालय व्यवस्थापन समतिका अध्यक्ष श्री वावुराम शर्माले रोटरी क्लव अफ पोखरा न्यूरोड एवम रो प्रेम प्रसाद शर्मा प्रति आभार प्रकट गर्दै यस्तै रचनात्मक कार्यको लागि धन्यवाद दिँदैं कार्यक्रम समापन गर्नु भयो ।

कमेन्टहरु
Loading...