पोखराको दुई ठाउँमा बर्डफ्लु

सागर राज तिमिल्सिना
पोखरा, १३ साउन/राजधानीका विभिन्न ठाउमा बर्डफ्लुको संक्रमण भेटिएका बेला पोखरामा पनि बर्डफ्लुको संक्रमण भेटिएकोे छ । पोखराको लामाचौर र घारिपाटनमा बर्डफ्लु भेटिएको जिल्ला पशुसेवा कार्यालय कास्कीले जनाएको छ । लामाचौर – १६ मा रहेको रोशन पुनको गर्बुजा फ्रेस हाउस र पोखरा १७ स्थित शिब पौडेलले घरमा पालेको हास र कुखुरामा संक्रमण भेटिएको हो ।
बर्डफ्लुको पुष्टी भईसकेपछि संक्रमित क्षेत्रमा रहेका कुखुरा नष्ट गरेको पशु सेवा कार्यालय कास्कीका प्रमुख डा. प्रकाश श्रेष्ठले बताए । संक्रमित क्षेत्रको पंक्षि र पंक्षिजन्य बस्तु नष्ट गर्न १२ जनाको दुई टोलि परिचान गरिएको थियो । पुनको फ्रेस हाउसबाट २७ कुखुरा, ६ सय ९० अण्डा, छ किलो दाना र पौडेलको फर्मबाट १२ कुखुरा, एउटा हास र १२ वटा अण्डा नष्ट गरेको क्षेत्रिय पशु निर्देशक डा. बंशी शर्माले जानकारी दिए ।
प्रयोगशाला परिक्षणको लागि काठमाण्डौमा पठाएका नमुना मध्य २ ओटामा बर्ड फ्लुको जिबाणु भेटिएको थियो । बिहिबार बर्डफ्लु रहेको प्रमाणित भएपछि शनिबार संक्रमित क्षेत्रमा सिल गरी आज नष्ट गरिएको हो । संक्रमित क्षेत्रको बिषेश सरसफाईपछि सो स्थानमा दुई महिना सम्म कुनैपनि पंक्षी नराख्न आग्रह गरिन्छ । वर्डफ्लुको संक्रमण देखिएपछि पंक्षी र पंक्षीजन्य सामाग्रीमा साबधानी अपनाउन पशुसेवा निर्देशनालयले आग्रह गरेको छ ।

कमेन्टहरु
Loading...