पोखरा फिल्म सोसाईटीको साधारण सभा सम्पन्न

पोखरा, १३ साउन/पोखरा फिल्म सोसाईटीको दोस्रो साधारण सभामा सोसाईटीका सदस्यहरुले निर्माण गरेर राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा पुरस्कृत भएका दुइ चलचित्र निर्देशकलाई सम्मान गरेको छ । सम्मानित हुनेहरुमा वैसाख २३ गते सेती नदिमा आएको वाढीवाट विस्थापीत वनेका एक किसानको कथामा वृत्तचित्र निर्माण भएको थियो । वाढीवाट प्रभावित भई विस्थापीत भएका निनी रचनी गाई फारमका संचालक कृषक रुद्रनाथ गौतमको कथामा वृत्तिचित्र तयार गरेका थिए ।
वृत्तचित्र ५ मिनेटको रहेको थियो । धन उपार्जन र आर्थिक उन्नतीको विषयमा निर्माण गरिएका छोटा वृत्तचित्र तथा चलचित्रहरु मात्रै प्रतियोगीतामा सहभागी हुन पाउने नियम अनुसार कृषक गौतमको कथाका वृत्तचित्र निर्माण गरेको निर्देशक विष्णु गौतमले जानकारी दिए । यस्तै ड्रग्सका विषयमा निर्माण गरिएको जर्नी टु चेञ्ज नामको छोटो फिल्म लुथुएनियामा भएको फिल्म प्रतियोगितामा उत्कृष्ट भएको थियो । पोखरा फिल्म सोसाईटीले गत वर्ष प्रदान गरेको चलचित्र निर्माण कार्यशाला गोष्ठीको प्रयोगातमक काम अन्र्तगत ती फिल्महरु निर्माण गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथी वरिष्ठ चलचित्र कर्मी तथा निर्माता बिनोद शेरचन र अन्तराष्ट्रिय चलचित्र समाजका सचिव राजेश गोगंगजुले सम्मान गरेका हुन् । साधारण सभामा सम्मान गर्दै वरिष्ठ चलचित्रकर्मी विनोद शेरचनले अहिले चलचित्रको नौलो धार भन्दै निर्माण गरिएका चलचित्रहरुले वास्तविक नेपालको प्रतिनिधित्व गर्न नसक्ने भएकाले निनि रचनी जस्ता यथार्त परक फिल्मको आवस्यकता रहेको धारणा प्रस्तुत गरे । कार्यक्रममा अर्का अथिती राजेश गोगंजुले मोफसलमा वसेर निर्माण गरिएका चलचित्रले पनि राष्ट्रिय स्तरमा सम्मान पाउन सक्ने उधाहरण निनि रचनी रहेको भन्दै पोखरावाट अव अन्तराष्ट्रिय स्तरमा सम्मान पाउने फिल्म निर्माण गर्न अनुरोध गरे ।
साधारण सभाले घनश्याम लामिछानेको अध्यक्षतामा १३ सदस्यीय नया कार्य समिति चयन भएको छ । जसको उपाध्यक्षमा जितेश प्रधान, महासचिवमा विष्णु गौतम, सचिवमा राजेन्द्र अधिकारी अपुर्ना, कोषध्यक्षमा दीपक वाँस्तोला, सदस्यहरुमा सरोज सापकोटा, सर्वज्ञमान शाक्य, प्रकाश गुरुङ्, पुजा गुरुङ्, पुष्कर थापामगर, विना विक, महेश भाजु श्रेष्ठ, सागर शाह सर्वसम्मत चयन भएका छन् । निर्वाचनका लागि तीन सदस्यि निवार्चन कमिटी गठन भएको थियो । जसमा वरिष्ठ संगीतकार सामसुङ तामाङ्, पोखरा फिल्म सोसाईटीका संस्थापक अध्यक्ष राजेश गोंगजु र चलचित्र पत्रकार संघका अध्यक्ष शिव शर्मा चञ्चल रहेका थिए ।
सर्वसम्मत चयन गरेको उपलक्ष्यम अध्यक्षको भनाई राख्दै नव निर्वाचित अध्यक्ष घनश्याम लामिछानेले पोखराको चलचित्रको लागि अन्तराष्ट्रिय स्तरमा स्तरोन्नती गर्न कुनै कसुर वाँकी नराख्ने प्रतिवद्धता व्यक्त गरे ।

कमेन्टहरु
Loading...