६४ लाखमा पुम्दीकोट भ्यु टावर

खुसीराम बराल
साउन १३,पोखरा/समुन्द्र सतहबाट १५०० मिटरमा रहेको कास्की जिल्लाको पश्चिमी भाग पुम्दी–भुम्दी गा.वि.स. वडा न. ३ मा ६४ लाख लागतमा पुम्दीकोट भ्यृ टावर निर्माण भएको छ । पुम्दीकोट ऐतीहासीक तथा पुरातात्विक भुमे मन्दिर र पहिलो मौलोका रुपमा पनि प्रख्यात छ । द्धन्द कालमा द्धन्दग्रस्त क्षेत्र भएको र सोही कारणले गर्दा जिल्ला प्राविधीक कार्यलय पोखराको प्राविधीक सहयोग र शान्ति तथा पुनः निर्माण मन्त्रालयको आर्थीक सहयोगमा सो टावर निर्माण भएको हो ।
सो टावर निर्माण सम्पन्न गर्न झन्डै दुई बर्ष लागको थियो । पुरातात्विक इतिहास बोकेको सो स्थानका स्थानीय बासीले भुमे मन्दिरले भाकल गरेर मागेको कुरा पाइने र त्यहाँको अन्नबाली संरक्षण गर्ने असिना जस्ता दैवी प्रकोपबाट संरक्षण गर्ने विश्वास राख्दै अझै पनि बलि दिने तथा पुजाआजा गर्ने गरेको पाइन्छ ।
वडादशैको अवसरमा घटस्थापना राखी नित्यपुजा गर्नुका साथै कात्र्तिक मसान्त भरी पुजा गर्ने गरिन्छ । धेरै पहिलादेखी नै सो ठाँउमा मन्दिर रहेको पछिल्लो समयमा मन्दिर जिर्ण हुँदै गएको अवस्थामा एकमुस्ट बजेट आएका कारण मन्दिर र टावर सँगसँगै निर्माण गरिएको छ । हरेक बर्ष महिलाहरुको महान चाड हरितालीका अवसरमा त्यहाँ तिजगीत प्रतियोगीता,छेलो हान्ने जस्ता कार्यक्रमको आयोजना गरेर त्यहाँ मेला लाउने गर्छ ।
धार्मीक,पुरातात्विीक,ऐतीहासीक तथा साँस्कृतिक महत्व बोकेको सो स्थानले सँगसँगै पर्यटकीय सम्भावना पनि बोकेको छ । फेवाताललाई काखमा नै लिए जस्तो देखीने तिनतले सो भ्यु टावरबाट पोखराका विभीन्न स्थान,लेखनाथ,सराङ्गकोट,पामे,विश्व शान्ति स्तुपा,स्याङ्गजा,पर्वत र तनहुँ जिल्लाका केही भु–भागहरुका साथै माच्छापुच्छे्र,अन्नपुर्ण र धौलागीरी लगायतका दन्तलहर झै देखीने हिमश्रृङ्गखलाको दृश्यावलोकन गर्न सकिनुका साथै पाराग्लाइडिङ्गको पनि प्रचुर सम्भावना बोकेको छ । दैनीक सयौको संख्यामा पोखरा लगायत सो ठाँउ आसपासका आन्तरीक तथा बाहीरी पर्यटक सो ठाँउमा पुग्ने गर्छन् ।
त्यहाँ पुग्ने अधिकांस पर्यटकले पोेखराको धरहराको रुपमा व्याख्या गरेको पनि पाइन्छ । आफुहरु सँग सो टावर लगायत सो वरपरका ठाँउलाई थप व्यवस्थित र विकास गर्न गुरुयोजना भएको बताउन्हुन्छ स्थानीय समाजसेवी तथा पुम्दीकोट निर्माण उपोभोक्ता समितीका उपाध्यक्ष उमानाथ बराल । उक्त गुरुयोजना भित्र पदमार्ग,सभाहल,महादेवको विशाल मुक्र्ती,टहरा निर्माण,सडक मर्मत,बारबन्देज लगायतका कार्यक्रम रहेको पनि बरालले जानकारी दिनुभयो ।

कमेन्टहरु
Loading...