अडियोमा नेपाली अक्षर

कम्प्युटरमा नेपालीमा लेखिएका सामग्री आफ्नै आँखाले पढ्न नपाए के भो, अब कुनै पनि दृष्टिविहीन दुःखी हुनुपर्दैन, अडियोमा सुन्न पाइहालिन्छ नि!धनकुटा सान्नेका इन्जिनियर हिमप्रसाद गौतमले दृष्टिविहीन र सबैलाई काम लाग्ने नेपाली अक्षरलाई अडियोमा बदल्ने सफ्टवेयर तयार पारेका आजको नागरिकमा खबर छ ।

केही समययता सामान्य प्रयोगमा ल्याएको सफ्टवेयर ‘दृष्टिवाचक’ लाई परिमार्जन गरी गौतमले अक्षरलाई अडियो फर्म्याटमा लैजान सक्ने बनाएका हुन्। उनले तयार पारेको सफ्टवेयरको पछिल्लो संस्करण शनिबार पोखरामा सार्वजनिक गरियो।
नेपाल नेत्रहीन संघ कास्कीले आफ्ना सदस्यलाई यो सफ्टवेयर चलाउने तरिका सिकाउन थालेको छ। अक्षरलाई आवाजको फर्म्याटमा बदल्ने सफ्टवेयर दृष्टिवाचकको पछिल्लो संस्करण चलाउन २० जना दृष्टिविहीनले शनिबार कक्षा लिन सुरु गरे। गौतमले नै उनीहरुलाई प्रशिक्षण दिएका छन्।
खानेपानी तथा ढल निकास विभाग, काठमाडौंमा सिनिय डिभिजन इन्जिनियर(उपसचिव)  पदमा कार्यरत ५५ वर्षीय गौतमले यो सफ्टवेयर रहरले बनाएका होइनन्।
‘आफै चाहिएकाले बनाएको थिएँ,’ आफैं पनि प्रष्ट दृश्य देख्न नसक्ने इन्जिनियर गौतमले भने, ‘तयार भइसकेपछि सबैलाई काम लाग्ने भयो।’  दृष्टिवाचकको तेस्रो भर्सन (संस्करण)ले कुनै पनि नेपाली अक्षर वा श्ाब्दलाई अडियो फाइल बनाइदिन्छ। त्यसलाई मोबाइल, कम्प्युटर वा अरु उपकरणमा राखेर गीत या अन्य श्रव्य सामग्री जसरी सुन्न सकिन्छ।

– See more at: http://setopati.com/chapa-bata/2766/#sthash.VrBptcoL.dpuf

कमेन्टहरु
Loading...